[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE:   1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 115518 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-08-12 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     20       ?     Liked by
 

आभा


हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

"ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर।

"हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

"यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें।

"नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

"तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए--

बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो--

मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--"

उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--"

"सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

"कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--"

"के भो र तेरो बाउलाई?"

"कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?"

"ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

"ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

"बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?"

"बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

"तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें।

"झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले.

"एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

"उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो।

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?"

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--"

हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

"पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो.

मैले बाङ्गेलाई सोधे, "को यार यो?"

उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला"

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।
---

 
Posted on 02-08-12 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! धेरै दिन पछि  बांगे पुराण पढ्न पाइयो !  एकदम दामी as usual.........दीपज्यु Welcome back!!
 
Posted on 02-08-12 11:21 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  स्वस्ति प्रभो। 
दामी गयो । आभा लाई झट्टै ल्यामन प्रभो।  
 

 
Posted on 02-08-12 11:22 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो को अर्को झक्कस बाङ्गे पुराण पढियो -

सकेको त छैन होला नि है भन्ने मान्याछु

 
Posted on 02-08-12 11:53 AM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यही त सकेको त छैन होला नि .......
 
Posted on 02-08-12 11:57 AM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सकिहाल्न त भएन नी-- उसै त अनिकाल छ --मास्न हुन्थ्यो के त सुरुमै --

 
Posted on 02-08-12 12:01 PM     [Snapshot: 104]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भनेको - आभा को एन्ट्री नै भाको छैन

त्यो कौसी मा देखिने आभा त होला नि -

 
Posted on 02-08-12 12:50 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

----"किन खलासी मात्रै? डाईभरै भए भैगो नी"-----   मरे म हाँस्दा हाँस्दा।

दिप, कौशिमा आभा भएनी बिभा भएनी केही छैन, कथामा ब्रेक नलागे हुन्छ।

 
Posted on 02-08-12 5:03 PM     [Snapshot: 293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि साझा छिरियो, पर्भोको आभा वृतान्त पढ्ने मौका पाइयो.
लु लोकल बस जस्तो घ्याच घ्याच नरोकी अघि बढम\. 
 
Posted on 02-09-12 8:52 AM     [Snapshot: 472]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

 स्वस्ती टक्रयाएँ, प्रभो!

तो जाडो मौसमाँ गाढा निलो फरक र हल्का निलो सट, गर्मि मौसमाँ सेतो फरक र सेतै सट ला'का, निलो साझा बसाँ चढेका...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! कस्तो याद दिलायो! रमाइला रमाइला कथा हरु त थुप्रै हुँदो हो के रे मेरो नि तो बेलाको...आफ्नो त खप्पर मात्रै ठुलो र सिनित्तै...तो खप्पराँ लेख्न मिल्दैन, कम्पुटराँ वा कागतआँ लेख्न आउँदैन.

संगै बसेर सिरिप्प पारुम भनेको नि निकै साल भै सको के रे...यसो बस्न पाए त सुनाउथें हाम्रा पुराण पनि, अनि पर्भोले यता लेख्दिन्दा नि हुन्थो के रे! ठाम भनम, ट्याम भनम, दाम मेरो भो, ल!

तेइ हरेक बिहान र बेलुकी स्कुले केटीहरुको बस पछी पछी साइकल कुदा'को झैं गरि कुदी रा'छु के रे पर्भोको कथा पछाडी! एक्सिडेन्ट नहोस!

 
Posted on 02-09-12 9:31 AM     [Snapshot: 506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हाम्रो बाङ्गे त फेरी आएछ. गजब जादै छु प्रभु......
 
Posted on 02-09-12 9:53 AM     [Snapshot: 530]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिप प्रभु दोस्रो भागको प्रतिक्षामा हामि पनि छम् ....लेखाइ र प्रस्तुतिको त बखान कति गर्नु जति गरेपनि कम होला 

पलाम् है चाडै !!
 

 
Posted on 02-09-12 1:35 PM     [Snapshot: 599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~SPRING~*
यो winter मा किन न्यानो हुन खोज्छ भन्या त  spring आएर पो रे छ--त्यो पनि अघि पछी लहर ~ लगाएर अनि नी फुलका थुँगाले घेरेर * । यस्तो फुलबारीमा go away भन्या भे त आउँथे म, झन welcome back भनेसी त --

बिस्टे
"आभा लाई झट्टै ल्यामन प्रभो"

हैन यसरी घरजम गरेर सपरीवार बसेको मान्छे---सुन्दरीको नाम त सुन्नै नहुने बा! ल्याम ल्याम झट्टै ल्याम भनीहाल्ने--एक दुई दिन घरका मान्छे माईत गए रे भन्दैमा यसरी बिचलित हुन त भएन नी प्रभो--

बरु प्रभो र म यसो महांकाल, चुच्चेपाटी, शान्तीगोरेटो, मैजुबाल, कुमारीगालै सम्म पनि बरु साँझ तिर मिल्छ भने बिचरण गर्न जाम न--काम त केई छैन तर पर्न पनि सक्छ--


SERIAL
"सकेको त छैन होला नि है भन्ने मान्याछु"
अब के सकेको छैन भन्ने मान्या हो? सकिने काम त सकियो पनि तर बाँकी भाका त हुने नै भए, कसो प्रभो?

"त्यो कौसी मा देखिने आभा त होला नि"
प्रभो त्यो कौसीमा देख्याले मनै उज्यालो भा भे आभै हो, पोल्या भे आगै हो, डाम्या भे तावै हो, छोको भे हावै हो, अल्झेको भए भावै हो-----केई नभए बालै भो--

RAMRONEPAL
"
त्यही त सकेको त छैन होला नि ....... "
आफु नी सक्नु छैन, अर्काले सक्ला भनेर नी डरै छ -- गरेर त खानै नदिने गाँठे!

DIPIKA02
"दिप, कौशिमा आभा भएनी बिभा भएनी केही छैन--"
म त सहमत छु नी--तर ट्वाकले पो के भन्छ--बिभा सँग पाए बिहे गर्छु नभए को सँग गर्दीरछे हेरम्ला भन्थ्यो--बिहे मात्रै हेरम्ला भन्या भए त केही थिएन तर नियत अलि उग्रै किसीमको बुझ्या भएर नी, मलाई त आभा बिभा जो भए नी हुन्थ्यो--ट्वाकलाई अलिकति मत्थर पार्न पाए त --


CHIPLEDHUNGA
प्रभो दोलालघाट बाट कैले? अस्ति पनि पाँचखालमा दुई चार जना झुम्या मान्छेले घेरीएर सलाई कोरे झिलिक्कै बल्छ यो भन्दै सिसाको गीलासमा मात्रा घुमाईरा देख्या थें--दुई तिनटा अरु छेउमा नी लडीरा थे -- गीलास भन्या --

"
लु लोकल बस जस्तो घ्याच घ्याच नरोकी अघि बढम"
हन प्रभो चल्तीमा त लोकल बस जस्तो घ्याच घ्याच नै चलेको छ रेन्त--एस्प्रेसले त जिन्दगी डुबाउँछ भन्दा रे छन--हुन त ईन्द्रको अगाडी स्वर्गको के बयान गर्नु--हैन्त प्रभो?

POONTE
"तो जाडो मौसमाँ ...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! ---"
जाडाँ यस्तै हो प्रभो--अरु केई भाको हैन छाला खस्रेको भन्दा रेछन त्यसरी ज्यान जिरींग, आँग सिरींग हुनेलाई--कि त चिसो पानीले न्वाउनु पर्यो, नभए लोसन लेपन गर्नु पर्यो--ठिक हुन्छ रे--

प्रभो--त्यो पवित्र वर्क सप देखी प्यारा सम्म-- लोला आकारको रोटी धेरै पकाईयो प्रभो--जन्ती चै अरुहरुले नै ल्याए क्यारे--आफुले त निम्ता सम्म नी पाईएन--एउटा हाताँ सिसी बोकेर अर्को हातले जग्गे तिर देखाउँदै पूर्णीमाको रात पनि औसीको झै लाग्न थाल्यो--मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाईहाल्यो--गाउने पनि रहरै भो--

हस प्रभो ठाम, र ट्याम मिलार प्रभोको सप्ताह लाम्ला -- अब सात दिन जति त लाग्ला प्रभोको पुराण सक्न--थुप्रै बर्ष लाएर लेख्या होला--

NAMIT_THAPA
"हाम्रो बाङ्गे त फेरी आएछ.."
हाम्रै भएरै त होला नी हामी कै आको--नत्र अन्तै जान्थ्यो होला--कसो प्रभो?


BHAKTE DAI
"पलाम् है चाडै !!"
पलाउन त परीहाल्यो नी प्रभो--अहिलेई सुकियो भने त खत्तम भै गो नी--आफुलाई नी पलाउनु पर्या छ--अरुलाई फलाउन नी पर्या छ--काम बाँकी छ धेरै--
------


आफ्नो डक्क समय मेरा चानचुने प्रयासमा खर्चेर गुन लाउने सबै साथीहरुलाई प्रति हार्दिक आभार।

आजै खोकुम्ला अर्को अध्याय भन्या--कामले एउटा पछी अर्को हल्स दिएर खोक्नै पाईएन।











 
Posted on 02-09-12 2:56 PM     [Snapshot: 686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।<<<

बाब्बा हो गफ पनि तामसी र सात्विक? नसकिने भो यि दुई धरम वीर को जोडीलाई !

सिर्शक नै हिरोइन को नाम बाट राख्या रेछ ! अब अर्को भाग मा त डेब्यु गर्नी होला नि आभाको ल ला हान्दिम है ब्रो !


 
Posted on 02-13-12 1:21 PM     [Snapshot: 963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai Prabhu,
Abha kaile jhulkine ho. Ma ta din dinai bato herdai thakisake. Bihani ko usha sangai aaula bhanyo... kewal nirasa ka kiran haru bokera dharti ma landing garcha.... Joon pani herda herdai hamburger bata Corona ko Lime bhaisakyo... tapani Abha aaiupugena.... :(
 
Posted on 02-13-12 2:18 PM     [Snapshot: 990]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दीप प्रभो धेरै बिस्राम पछि बांगे पुराण पद्द्न पाईयो मुरी मुरी धन्यवाद , लौ अजै अघि बडाम यो पुराण लाई...साझा ले के थरि "नेपलिज गट ट्यालेन्ट " भन्ने आयोजना गरेको छ नि तेस्मा दीप प्रभो लाई नि उठाउने हो कि कसो प्रभो ? तेसो गरे कसो होला ?

 
Posted on 02-13-12 11:39 PM     [Snapshot: 1159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Superb as always


 
Posted on 02-14-12 5:50 AM     [Snapshot: 1218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro.. you are the best...
 
Posted on 02-14-12 2:01 PM     [Snapshot: 1353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जदौ दीप प्रभु ! देर आए दुरुस्त आए भने जस्तै भो! हल्स सल्स खल्ती तिर राखेर अरु खोक्न परो प्रभु, हामी भक्तहरु पलेटी कसेर बस्या छम प्रभुको खोकाइ सुन्नलाइ! 
 
Posted on 02-14-12 6:09 PM     [Snapshot: 1430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ?

Man paryo!
 



PAGE:   1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters