[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 159331 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-02-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि...हि खाए जिम्माल् बा माम् भन्नु हुन्न रे अस्ति'न मिस् ले भन्या ढिडो हो रे ।
 
Posted on 11-02-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, त्यता त सुत्ने बेला भा'रच। आफ्नो यहाँ लन्च खानी बेला भैसाको। पेटमा मुसा दौडेर हैरान भन्या!
 
Posted on 11-02-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सानि नानिहरुले खाने त माम त हो नि, माष्टरनि नानी नि के के सिकाम्नु भा होला भुराभुरिलाई :)

हन गालउ, एउडा बेन्तो बक्स किनेर खाए भै हाल्यो नि :)
 
Posted on 11-02-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेटमा मुसा दौडी राको भए लन्च भन्दा पहिला मुसा मार्ने औसधी खानु परो नि त।
:P :P
 
Posted on 11-02-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा, नेप्चेले कुरा चैं ल्यायो गाँठे। मुसा मार्नी ओखती यसो पठाइदिए खाइहाल्चु नि! लौ पठाइदिन परो।

जिम्मालले पनि बेन्तो बाकस खाने कुरा गरे हे!!! बक्स त कसरी खाने होला खै! जिब्रो काटिहाल्च नि! बेन्तो चैं खान पर्ला।
 
Posted on 11-02-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ थोति मिस रे ?:D :D :D
दाँत मेरो हो त गालव छोरीको पो त :)

पेटमा त जुका परेपो त ओषधि खानु मुसा दौडे त माम खानु नि अनि खेरि निद्रा लागे नुनुनु गर्नु नि हैन त नेप्चै ?:)

जिम्माल बा अब हजुरले सिकाउनुस न त नात्नातिनिहुरलै प्रौढशिक्षा नि सकियो अब त सक्नु हुन्छ होला नि पढाउन : D
 
Posted on 11-02-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा मिसले नि हँसाउनुभो! काँ, मैले त तपैंको दाँत झिक्या पो भनिरा' !
अनि, छोरिको दाँत झिक्या भए, तपैंले किन नदुख्नी ओखती खानुभा' नि???
 
Posted on 11-02-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops !!!
ओखति मैले खाकिम त ? छोरिलेनै खाएकि हो के रे नि ओख्ति मुलो त ।
दुख्न चै मैलाइ नै दुख्यो के रे मुटुमै ... आज पहिलो चोटि उस्लाई दुख्दा मलाइनै दुखे अस्तो भओ :(

:)
 
Posted on 11-02-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि ओखतिले गर्दा निद्रा लागो भन्या हैन त नि?
 
Posted on 11-02-06 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे गालव बाउ(बाबु)आँ गर्दा अलंकार बुझ्ने मान्छेलै के भओ आज ?!!

फन नम देउ त बाउ फुन अरेर कुरो बुजाउचु :D :D

निदाउने ओख्तिमुलो खान देच के रे छोरीलै त्यो झाक्रिले नि ।अनि खेरि त्यो ओख्ति मुलो ले अर्दा उसैलै झप झप निद्रा लाग्यो'च के रे । अनि खेरि त्यो झाक्रिलै दाँत निकाल्न अलि सइलो भओ होला के रे। त्यै भन्न खोजेकिम कुरो अन्तै पर्यओ अस्तो छ ।

:)
 
Posted on 11-02-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दन्ते झाँक्री काँ धाम्नी म, दाँत झर्नि मास्टर्नी नानीको छोरीको?

लु, म पनि राता ता हिंड्न तयारीमा। भोली सखारै भान्जा राजाको पास्नीको साईत, ४ घण्टा मटर हाँक्न छ। बाटाँ यामेलाई भेट्टिएला फेरि! उसको बेटरी सिधिन ला'को टर्च, मेरो मटरको हेड लाईट्!
 
Posted on 11-02-06 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe miss ko daat!
miss jhikera faldinus arko naya palauchha:)
k chha gaamle haru?
 
Posted on 11-02-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए--- मिस्, कुरा तेर्सो पो परो? काँ मलाई कुरा बुझ्नै गा'रो भइरा' नि!!!
कुरा के भने, तपैंको त्यो 'दाँत दुख्यो' भन्नी ओर्जिनल पोस्टमा छोरी नानीको कुरै लेख्या थेन क्या! त्यै भ'र बुझ्न गा'रो भा'होला।

ए बिचरा यति सानैमा दाँतमा किरा लागेछ!!! मिठाइ चैं बन्दै गर्न परो।
मेरो भान्दाइको अढाइ बर्षकी छोरी छ। अगाडिपट्टिको दाँत पुरै किराले खाएर क्यै छैन भन्या। "खै तिम्रो दाँत?" भनेर सोध्यो, "मुसाले लगो" भन्छे।
 
Posted on 11-03-06 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabailai JADAU hai, these days im SILENT reader of CHAUTARI......kahie kahi yeso NAMASTE bhanna jhulkinchhu hehe.......

Thanks everyone who did HARD JOB to write all the SAJHA nick and CHAUTARI name.... just one suggestion......

what if we keep that name list in next CHAUTARI's first page? its only my idea hai.....

Keep rocking CHAUTARI
 
Posted on 11-03-06 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हिजो बेलुका राति गाम मा देखे पछि ता
चित्रे र ठुलि गाम मा छैनन नि?
पक्कै भगेछन् क्या हो मोरा मोरि हरु?

यसो घुम्न भन्थे। हुन ता त्यो ठुलि को पछि के हो बोके जस्तो पनि थियो
कपडा सपडा पोको परेर हिडिछ कि क्या हो?

:D :D :D
 
Posted on 11-03-06 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे,
मलाइ जे भने नि बिचरी ठूल्नानीलाई चैं त्यसो नभन क्या!

मैले तिम्रो कथा हिजो राति नै देखे पनि साह्रै निद्रा लागेको हुनाले केही लेख्नै नपाई सुतिहालें। त्यसो त ठूल्नानीको गाम र मेरो गामको बीचमा यौटा ठूऽऽऽऽलो खोला छ नि, 'आन्ध्रे' खोला। यो खोला नतरी त कसरी भेट हुनु र हाम्रो! :) त्यसैले म पौडी सिक्दैछु, आन्ध्रे खोला तरेर पारिपट्टी जानलाई, अनि भेट्म्ला नि ठूल्नानीसँग ;)। अहिले त ठूली सुतिरहेकि होली आफ्नै घरमा। :)

गाम्लेहरू सबैलाई मेरो नमस्ते!
 
Posted on 11-03-06 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले,
तिमी येन कमाउने मान्छेले पनि कहीं युरो सापटी दिन्छौ र? बरू हो, तिमीले मलाई दुइ पल्ट सापटी दिएका छौ तर २ येन र २ येन। मेरो हिसाब अनुसार त्यो २२ येन भो। तर तिमीले भने मसँग २ पल्ट २ यूरो सापटी लिएका थियौ, ल मेरो २२ यूरो फिर्ता गर। ए बरू २२ यूरोमा २२ येन कटाएर दिंदा नि हुन्छ। :P

तर मेरो हिसाबमा कहीं गडबड भए जस्तो छ। :) पख ठूल्नानीसँग मैले गणित सिकेपछि कसैले मलाई ठग्न सक्दैन। ए ठूल्नानी, लौन मलाई सिकाइदेउ न २ र २ जोड्दा कति हुन्छ? :P
 
Posted on 11-03-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे के कुरो गरेको । म एटिकाइ भागेर जान्छु कि क्याहो । सपै गाम्लेहरु सङ दाइजो नलिए मरेनि बिहे गर्दिन।

चित्रे २ र २ जोर्दा ५ हुन्च।

रोल्#६ थुलि
हजुर् मिस्।
 
Posted on 11-03-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा थुली!

तिमीलाई दाइजो भनेर मैले एउटा स्टिलको थाल उहिलेनै गोरखापत्रमा पोको पारेर राखेको छु। भागेर जाँदै गरेको बेलामा भेटेँभने पनि दिन मिल्छ। त्यहि भएर मेरो तर्फबाट दाइजो पक्का भयो ल! त्यसैले दाइजोको चिन्ता नगरिकन भागे हुन्छ। :पि
 
Posted on 11-03-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरो अरेउ ठुली । गाम मा यतिबिधि मुन्छे हुदा हुदै कोहि भाग्च त ? पञ्चेबाजा नघन्काइ टेपरिकाट नबजाइ नि कोहि जान्छ के आर्का घराँ त्यतिकै ।यामेले दाइजो दिदा लाग्ने खर्च जोगौनलै त्यसो भुनेको हुनुपर्च । यामे सं त झन अब धेरै दाइजो लिन पर्च है अनि अरु सप्पैसं नि , मसं चै नमाग्नु के रे। चित्रे रिसाउला फेरि :D

हासायो कुम्ले ले । कुम्ले उइलेइ पोको पारेको त्यो के जाति स्टिल को थाल थोत्रो भओ होला के रे नयै दिन पर्च के । फेरि अब त दाइजो नलाने आन्दोलन चलिरा'च गाम गाम मा जिनिस दिन हुन्न देक्चन बरु पैसो दिन पर्च । अझ चेक, भीसा मास्टर डिस्कवर, अमेरिकन नेपाली के पो भन्च बरै बिर्से त्यो के जाति केरिड देभिड भए झन राम्रो : D :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Oli must go for the UML to survive?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters