[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 187478 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-28-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ धान बेच्नै पर्दैन नि कुम्ले ,अ मिस् लाइ फी माफ् गरि माग्नेके ,मिस् ले जाच् लिनुहुन्छ के रे २-४ सजिलो प्रस्न सोध्नु हुन्छ जस्तै,टिफिन् मा भागेर पौडि खेल्न जान्छ कि जादैन?,इस्कुल् भागेर बन्कुखुरा मार्न गयो कि गएन? अनि फी माफ् हुन्छ् के रे गालब् को नि भा हो नि। तर मिस् लाइ चै नभन्नु नि मैले सिकाएको भनेर ।नत्र मिस् ले मलाइ फेल् बनाइ दिनु हुन्छ जाच् मा ।
 
Posted on 06-28-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ तितौरी, मिस लाइ त कुरा लुकाउनु हुन्न रे नि। मलाइ आमा ले भान्नु भाको। झूठ बोल्नु हुन्न रे।पाप लाग्छ रे। अनि पाप छत बाट कराउछ रे।

अब मिस लाइ मैले सबै प्रश्न थाहा पाइसके भन्छु अनि अर्को नय प्रश्न सोध्नु भन्छु। भरे फेरि फेल भए भने? लौ न अब के गर्ने होला? बा को धान नि बिक्री भा छैन।
 
Posted on 06-28-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-28-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, तितौरीले ठीक भनिन्। पहिले मिसलाई एउटा "फि माफ पाऊँ" भनी निवेदन दिनुपर्छ। त्यसपछि मिसले अन्तर्वार्ता लिनुहुन्छ। त्यसको १-२ दिनपछि फि माफ हुने नहुने थाहा हुन्छ मिस मार्फत।
धान बेच्न हुँदैन; बरु तिमीहरुको धान धेरै छ भने त्यो धानको चामलले चौतारीमा भोज लगाम्ला। अहिलेको बेलाको धान भनेसि पुरानो त होला नि, हैन? चौतारीको भोजको लागि चैं पुरानो-मसिनाको नै ठिक होला कि! रोपाइँको बेला पनि पर्या छ, मैजारोमा चैं भोजै लाउन पर्च।
 
Posted on 06-29-06 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना गाम्ले दाजु भाई दिदी बहिनी हरु लाई मरो नमस्ते च।
 
Posted on 06-29-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्लेको नाम मात्रै कुम्ले हो। झोला नबोकी स्कुल आउँछ।
जुन गोरुको सिगं छैन उही गोरुको नाम तिखे भन्या जस्तो छ।
मिसले "झोला खोइ?" भनेर झाँको झार्दा शिलक पो हाल्छ बा केटो त!

---
झोला

कस्ले बनायो यो चुत्थो झोला?
बनिकन पहिले, बोक्यो कसले होला?

साधु सन्त बमबम भोला, बोक्नै पर्ने सबले झोला!
जब शुरु भयो बिद्यार्थी चोला, मैले पनि थालें बोक्न झोला।

सुके होलान् बरु कैयौं खहरे खोला,
तर टुटेन कहिल्यै पिठ्युंमा झोला।

हरदम हरपल चोला चोला सत्र वर्ष करिब बोकें होला!
जब केहि भएन बोकी झोला, आएँ जापान जे होला- होला।

जापान आएको भोलिपल्टै मास्टर जी ले सोधे खै तेरो झोला?
छाडी आएँ नेपालमै झोला, अहिले त भाईले बोक्दै होला!

बोकी आएस् भोलि झोला, नत्र तेरो के पो होला!
मान्छे भने २ पैसाको, ३ हजारको किनें झोला।

३ हजारको झोलाभित्र नसोच्नु है के-के न होला।
बासी भात र दुइटा सिन्का एउटा सानो पिउने कोला,

बोक्नु बोकियो यो चुत्थो झोला, अझै कति बोक्ने होला!
बोक्नु बोकियो यो चुत्थो झोला, अझै कति बोक्ने होला!

- राम कुमार बस्नेत
साभार अनेसास जापान गृह पृष्ठ

---

अफ्ठ्यारा शब्दका अर्थहरु

बासी भात : जापानी ओनिगिरी
दुइटा सिन्का: जापानी परम्परागत चपस्टिक्स्
 
Posted on 06-29-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरी
दाल भात फिरी!!

सार्है रार्मो कबिता सुनाउनु भयो। झोला नि किन्ने, पहिले नाम लेखाम न इस्कूलाँ। टेस्टाँ पास हुन पर्यो रे क्या।

lol!!
 
Posted on 06-29-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा दादा ले कति राम्रो कबिता सुनाउनु भयो , अझै अरु पनि सुनुम् न दादा ।
अनि,चौतारि मा धान् को भात् को भोज् रे,ल ल रमाइलो हुने भो बरु भोज् कैले हो
अए ठुल्नानि के भा हो तिमिलाइ आजकाल् धेरै नबोल्ने भा छौ किन् होला बरै? तिमि चिर्बिर् चिर्बिर् नगर्दा चौतारि शुन्ने भो है।
 
Posted on 06-29-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौर कुमारी के गेर्नु म अलि बिजी थिय मेरो समर क्लस् मा । लौ मैले कहिले चिर वीर गरे । म भङेरा होईन चिर वीर गर्नु ।
ओहो दादा ले साह्रै मित्तो कबिता लेख्नु भो । मलाई त साह्रै राम्रो लाग्यो ।
खै धरै दिन भो चित्रे देखा नपरेको । के जती हो यो भकुन्दो भेने जात्रा हेर्न मा बिजी होला ।
 
Posted on 06-29-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू सबैलाई नमस्ते है मेरो, म नि अलि व्यस्त नै भन्नु पर्यो, अलिकति पढाईकै काम हो, तर हल्का।

ठूल्नानी, तिम्ले मलाई सम्झेकोमा खुशी लाग्यो। म नि यस्सो बेला बेलामा चियाउथें तर तिमी नभा'कोले चुप्प लागेर बसेको। भकुन्डो त भोलि मात्र हो, अर्जेन्टिनाको खेल राम्ररी हेर्नु पर्छ।

नेपे दाजी धेरै दिनपछि देखा पर्नुभो नि! दादाको कविता रमाईलो लाग्यो।
 
Posted on 06-29-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल, मास्टर्नी दिदी, भौते, नेप्चे, सबै अत्यन्त व्यस्त हो कि क्या हो? दर्शन पाउनै गाह्रो भो बा! झन् बिर्खे माईल्दाई र पून्टे दाई त गायबै हुनु भो त। साहिंला पनि अरू ठाममा आउँछ, चौतारीलाई चैं माया मार्छ। नमे मात्र कस्सो टुप्लुक्क आईपुगेछ।

ईन्द्रेनी मैया चैं साह्रै गफाडी हुनुहुँदो रैछ। मजा लाग्यो तपैंको गफ सुनेर।:) अनि फोएको पुरानो तस्वीर नि राम्रो लाग्यो।
 
Posted on 06-29-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ नमुस्कार है , लौ हेर्दा हेर्दै पुरानो चौपारि लाइ छोडेर नयाँ चौपारि बनाउने बेला पनि भएछ । यो पटक को चौपारि कस्ले चिन्ने हो कुन्नि । मलाइ पनि अल्लि समय नमिल्ला जस्तो छ त्यस कारण मिस लाइ नै यो पटक को चौपारि चिन्ने सु- अवसर दिनु पर्छ । त्यसै पनि मिस स्कुल छुट्टी गरेर घर मा फुसबाल हेर्दै हुनुन्छ । ल मिस यो काम हजुर लाइ । मेरो कुरो मुनासिव लायो कि लाएन त ?
 
Posted on 06-29-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे उहिले उहिले त ३०० पुग्दा नया चौतारि बनौने गरया होइन र?
 
Posted on 06-29-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा उहिले उहिले त ३०० पुगे पछि नया चौपारि बनाउने गरेको हो के रे अहिले सबै गाम्ले लाइ आतुरि भएर मात्र चुपचाप बसेको । के अर्नु सबै लाइ टेम नै छैन । तिमि सगँ टेम छ भने नयाँ चौपारि लाइ नयाँ दुलही जसरि सिंगारि देउ न ।
 
Posted on 06-29-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला पहिला जस्तो अचेल त चौपारि मा रमाइलो पनि हुन छोडेको छ , जहिले देखि सिरे दाइ ले चौपारि छोडेर जानु भयो तेहि दिन देखि कथा हरु पनि हराउन थाले भनेको । लौ कसरि हुनछ सिरे दाइ लाइ अनि काका लाइ चौपारि मा बुलाम्न पर्यो ।
सिरे दाइ .... सिरे दाइ हो sssssssssssssssssssssssssssss.
 
Posted on 06-29-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ मै सान्कान्छा कहाँ मैले बनाउन सक्नु नि चौतारि,बरु सान्कान्छा ले नै बनौने हो कि?
 
Posted on 06-29-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाउने रे? कसरी? ल ल बनाउहोस है, मलाइ नी राम्रो लाग्न थालेको छ।
 
Posted on 06-29-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु भोली अर्जिन्तीन को खेल छ रे आफ्नो त काम छ तेस ले भकुन्दो को जत्र नि हेर्न पाको छैन । जे होस् चित्रे येसो हामिलै के के हुदै च खबर् गर्नु भये म आभरि हुनि थिये। धन्यबाद्।

खै मिस् नि कता तिर बेस्त हुनुहुन्च। धरै दिद्न्त् भो देखा नपर्नु भाको।
 
Posted on 06-29-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, हुन्छ म खवर गरीहाल्छु नि तिमीलाई अर्जेन्टिनाको भकुन्डोको बारेमा।

अनि सिरे साँच्चि कता हरा'को हो? लौ सान्कान्छा, सिरेलाई चौतारीमा बोलाउनु परो।
 
Posted on 06-29-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाईले उता अर्कै भेलामा दुइचार शब्द बोल्दै हुनुहुन्थ्यो, मैले टपक्क टिपेर यहाँ राख्दैछु। पून्टे दाईलाई सोध्या त छैन, तर पक्कै पनि माईन्ड गर्नु त हुन्न होला।

पून्टे : -
'क्यार्नु, माने? टुईटा बोटाँ खुट्टा राखे अपत्ति पर्ला भुन्थे के रे, आफू त अचेल हुँदो, ३-४ वटा बोटाँ हात-खुट्टा सबै राखेर ज्यानै चिरिएर छिया छिया होला जस्तो भ’छ, गाँठे! दुईटा फुल-ट्याम्, अनि दुईटा पाट्याम् जागिर अचेल, भो त? चौतारिआँ चुसुक्क नजर त पारी रन्छु के रे बेला बखताँ! बोली फुटाउनलाई मात्र फुर्सद भए त मरिजाम्, लु! '
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters