चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारी भेलाको केही संसमरणीय सम्बादका केही झलक: - मदनवा कुम्लो बोकेर हवाईजहाजबाट ओर्ले पछि कैले कुम्लो तिर अनि कैले मदनवाको छपक्क कपालतिर हेर्दै पून्टेब्रोले सोधेको "त्यो कुम्लोमा कपाल उम्रिने औसधी छ हो ब्रो?"
- बजरंग अखाडाका ब्रोहरुले बिहानै सुटुक्क भ्यासलिन दल्नु दलान् दिएर सेन्ट्रल पार्क तिर जाँदा हुँदी यसो कतै खाली चौर देख्यो की भउतेब्रोले फुङ्ग उडेको हेराईमा "कतै यै त हैन सेन्ट्रल पारक?" देख्दाको दृस्य। अनि छिन छिनमा यता हुँदी चक्का जाम हुँदैन? बन्द सन्द? भन्दै भ्यासलिन दलितहरुलाई सोध्दै निरास हुँदै गर्या बेलाहरु।
चित्रेब्रोले रिट्ठेब्रो को न्वारनको नाम पत्ता लाएर सुनाउँदा रिट्ठेब्रोले हैन भन्न नसक्दाको क्षण।
यसो उसो गर्यो "दान" नै जिन्दगीको सार हो --- भन्दै दान धर्मको कुरा गर्दा चम्कीने ठुलीका मनमोहक नयन नाच्दाका पलहरु --
नेपेसरको शब्दपुष्प बाटिकामा भावरमण गर्दै गर्दा भम्ररा समेत शान्त भएका ति क्षणाह्रु--
यस्तै यस्तै कुराहरु लेखुम्ला भन्थें जानै पाईन म चैं---
मैले नेप्चीको फोटु माथी गजल लेख्न ठूल्दाईलाई र तिम्रो युगल फोटु माथी कविता लेख्न दानेभाईलाई सुम्पन भनेर कति राम्रो राम्रो तस्बीर खिचिदिएको थिएँ त । यदि उनीहरुले अल्छी वा बेवास्ता गरिरहेका छन् भने मलाई भन्नु म सातो खाईदिउला तिनीहरुको ।
अनि झिल्के र अन्य जिज्ञासु आगन्तुकहरुको लागि प्रस्तुत छ मैले मेरो दोश्रो दिनको रातको अन्तिम प्रहरतिर हो क्यारे (झ्याप जो भईयाथ्यो) रिसाईट गरेको गजलको अडियो रेकर्ड ।
तारेमाम्, नेपे दाई। अब दाईको अगाडी भाइको ( राहुलभाइ) के गजल लेखाई भयो र, गाजल लेखाई भने गरिदेम्ला क्या र। तारेमाम्। बरु यसो फुर्सद मिलाएर लेखिदिनु भए हाम्रो पनि सि-तारा चम्किन्छ कि?
राहुलज्यू, यस्ता कुरा, भनिन्छ नि, चुनौती र मौका दुवै हुन् । अझ खसोखास भन्ने हो भने यस्ता कुरा “लगानी” हुन् अंगाली हाल्नुस् ।
अब एउटा मीठो प्रसंग चौतारीवासीहरुलाई राहुलज्यूको बारे ।
नयाँखर्कको ट्याम-स्क्वायरबाट रानीबारीको रेष्टुरेन्टतिर हानिदै गर्दा हाम्रा घरबेटी-सारथी पुन्टेदालाई एउटा रमाईलो खेल सुझ्यो । पुराना नेपाली गीतहरुको संकलनहरु बजाउदै जसले गीतको आरम्भिक धुन सुनेर गीत चिन्न सक्छ त्यसले एक गोल जित्ने । दर्जनौ गीत बज्दा पनि मैले खासै चिन्न नसकेपछि (संयोगवश लगभग सबै गीतहरु मेरा प्रिय गीतमा परेका थिएनन् र मलाई खासै सम्झना पनि रहेनछ) मैले चुपै रहेर मेरो अज्ञानता नखोल्ने विचार गरें । तर राहुल, बिर्खे र भउते त एक-से-एक पो निक्ले त । नेप्ची पनि गायिकाहरुको गीतमा शायदै चुकिन् । एनिवे, सबैजनाले राहुललाई निर्विवाद गीत-भण्डार स्वीकार गरे ।
त्यो खेल पछि केही बेर पुन्टेदाले नुसरत अलि फतेह खाँको कव्वाली-गजल “हम अपनी शाम को जब..” बजाए । मेरो टुटेफुटेको अनुवाद संगसंगै सबैले त्यसको रसस्वादन गर्यौं भन्नुपरो ।
अन्तिम दिन चित्रेलाई विमानस्थलमा झारेसी ज्याउसन-डाडाँतिर हुँईकिदा फेरि सुनियो त्यो गजल पुन्टेदा, भाउजु र रिठ्ठेको साथ । मैले फेरि कनिकुथी अनुवाद गरें । अहिले यसो गुगल गरेर त्यस गीतको बोल र अनुवाद पढेको त मेरो अनुवाद त लाटाको देशाँ गाँडा तन्नेरी भन्या जस्तो भे छ, आफैलाई हासो उठ्ने ।
एनिवे, पुन्टेदा, भाउजु र रिठ्ठेको लागि त्यो गजलको बोल र अथेन्टिक अनुवाद यहाँ टाँसेको छु ।
अरुहरुले पनि आनन्द लिनुहुने नै छ ।
__________________________________________
गायक: नुसरत फतेह अलि खाँ
गजल: कतिल शिफई
हम अपनी शाम को जब नजर-ए-जाम करते हैं
अदब से हम को सितारे सलाम करते हैं
When we gift our evening to a cup of wine
the stars salute me with reverence.
गले लगाते हैं दुश्मन को भी सुरुर में हम
बहुत बुरे हैं मगर नेक काम करते हैं
We embrace our enemies while intoxicated
no matter how bad we are, we still do [this] good deed.
सजायें क्यूँ ना इसे ये सराय है दिल की
यहाँ हसीन मुसाफिर कयाम करते हैं
Why should we not decorate the inn of heart
here rests the beautiful travelers.
हयात बेच दें थोडे से प्यार के बदले
ये कारोबार भी तेरे गुलाम करते हैं
I can trade my life for a little love
this business is also done by your slaves.
हमें तु एक नजर से नवाज दे साकी
हम अपने होश-ओ-खिराद तेरे नाम करते हैं
Comfort me with a glance, O cup-bearer!
We leave our thoughts and understanding to you.
“कतिल” कितने सुखन-साज हैं ये सन्नाटे
सुकुत-ए-शब में जो हमसे कलाम करते हैं
“Qateel” such connoisseur of poetry is this silence
हाम्रो ठुल्दाइ को बयान यो हातहरुले गर्ने आटँ नै गर्दैनन नत्र त म पनि थपी दिन्थे कबिताका दुई शब्द, के गर्नु यो कलम सर्दै सर्दैन
मन मा छन धेरै धेरै कुरा तर एकदम उकुस मुकुस भएर यती चाँही ओकलेकै हो अहिले आएर म राम्रो छु भनेर वहाँले गर्नु भएको बर्णनको साटो फेरेको हैन माथि भनी हाले नि साच्चै नै जीवन जिउने प्रेरणाको अर्को रुप हो ठुल्दाइ भनेको
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.