[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 262634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-31-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिज्ञप्ती:

हालै मा चौतारीका दुई बिशिष्ट श्रेणीका ब्यक्तित्वहरु द्वारा कथित सूचना र अनुसन्धानका नाममा निकालिएका वक्तव्यहरु हामी जस्ता सप्ताहन्तको बेलामा साथीहरु जुटेर केही रमाईलो गरौं भन्ने भावना भएका यूवा पिंढीमाथी लक्षित भएको ठहर गरिएको छ। हामी सम्पूर्ण चौतारीवासी हरुसँग प्रष्ट पार्न चाहन्छौं कि पहिले कुनै बेलामा कहिले काहीं यसो एक दुई कुखुरा हात लाउने गरेको भएपनि, सोही बमोजिमको कारबाही स्वीकार गरीसकेको अवस्थामा हामी माथी यत्रो ठूलो अभियोग लगाईनु हाम्रो चरित्र हरण गर्ने षडयन्त्र मात्रै हो। हाम्रा मित्र श्री ग्वाँचे तथा म स्वयम को कुरा बाट पनि प्रष्ट हुन्छ कि हामीले कुनै कुखुरा चोर्ने योजना बनाएका पनि थिएनम र बनाउने पनि छैनौं। विशेष गरेर अहिले चौतारीमा अत्याधिक मात्रामा अनुदानदाताहरु जम्मा भएको अवस्थामा परेको खण्डमा उहाँहरुको अनुदानमा किनेरै पनि खान सक्ने स्थिती रहेकोले यहाँहरुलाई भ्रममा नपरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। हामी यो पनि प्रष्ट पार्न चाहन्छौं कि हाम्रा बिरुद्ध जो सुकै लागेर जस्तो सुकै षडयन्त्रको ग्र्याण्ड डिजाईन गरेपनि हामी सफल हुन दिने छैनौं। धन्यबाद!!


 
Posted on 08-31-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअहाहा
हरी बिज्ञप्ती नै जारी गर्नु परो, कस्तो पीर पर्या हो?
 
Posted on 08-31-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार। के के हुदै छ त चौतारीमा आज? आफ्नो गति ले नभ्याउने भो चौतारी सङ डौडन।
लौ न कोइ ले क्रिपा गरेर त्यो सबै postings को सार्-संछेप छापिदिनु परो।

 
Posted on 08-31-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ?
गाउले साथी हरू
 
Posted on 08-31-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ?
गाउले साथी हरू
 
Posted on 08-31-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ?
गाउले साथी हरू
 
Posted on 08-31-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL जिम्मालबा!



Birkhe_Maila Posted on 08-31-07 1:25 PM Reply | Notify Admin
कुखुरा चोरिमा नयाँ अनुशन्धान-

हालै गाऊँमा बढेको कुखुरा चोरिको बढ्दो घटनालाई लिएर चिन्तित बनेका कुखुरा पालनपोषण तथा खोर व्यवस्थापन मन्त्रालयका प्रतिनिधिहरुले गरेको ७ दिने अनुशंधानबाट केहि आश्चर्यजनक तथ्यहरु फेला परेका छन्। उक्त अनुशंधान पश्चात प्रकाशित एक प्रतिवेदन अनुसार, गत महिना चौतारी गाउँमा श्रि १००७ कुखुरेश्वर बाबाजीको आगमन हुँदा बाबा द्वारा चोरेको कुखुरा खाँदा गैसकेको कुखुरे बैँश फेरि फर्केर आउने कुराको हल्ला चलाएको हुनाले त्यस्ता चोरहरुको बिगबिगि बढेको कुरा हाम्रा सम्वाददाताले एक अर्को चौतारि सम्पादक श्री ठुल्दाई ठुलाठालुलाई उद्धृत गर्दै बताउनुभयो। यसरि प्रतिवेदन बताउँदा ठुल्दाईको हल्का चाउरिएको गाला अलिकता पोटिलो देखिएको र साथै कन्चटमा पहिले फुलेका केहि सेता कपालहरु पुन: कालो नै देखिएको कुरा पनि हाम्रा सम्वाददताले बताए। श्री ठुल्दाई ठुलाठालुको फुलेको कपाल कसरि कालो भयो श्रोताहरु कल्पना गर्दै जानुहोस हामि चाहिँ आज्ञा चाहन्छौँ!
धन्यवाद्!
Last edited: 31-Aug-07 03:23 PM

 
Posted on 08-31-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युवाहरुमा पुरानो मानसिकता कायमै रहेको अवस्थामा अत्यन्त जरुरि सुचना!!!

बिगत केहि दिन देखि अखबार, रेडियो तथा टेलिविजनमा पटक पटक, चौतारि गाउँभरि फैलिएको कुखुरा चोरि र चोरिको कुखुरा खाँदा हुने असरको अन्धबिश्वासको बारेमा जानकारि दिइँदा पनि गाउँका बहुसंख्याक युवाहरुमा पुरानो मानसिकता कायमै भएको यथार्थ खुल्न आएको छ। केहि उचछ्रिंङ्खल, अतिचारि युवाहरुले त यस्ता सुचना र सावधानिमाथि नै प्रश्नचिन्ह खडा गर्दै बिँभिन्न अनर्गल, अतिरन्जित र भ्रामक बिज्ञप्ती समेत प्रकाशति गरेको कुरा तर्फ चौतारी सरकारको गम्भिर ध्यानाकर्षण भएको छ। चौतारी गाउँको शान्ति सुरक्षा, अमन चयन, सार्वभौमसत्ता, अखन्डता र गरिमालाई कायम गर्ने सिलसिलामा बाध्य भएर चौतारी गाउँमा यहि शुक्रवार बेलुकि ५:३० बजे देखि सोमवार बेलुकि ११:३० सम्म कुखुरे कर्फ्यू लगाइएको कुरा, प्रमुख चौतारी धागो अधिकारिको (प्रचौधाअ) कार्यलय बाट प्रकाशित सुचनामा उल्लेख गरिएको छ। उक्त सुचना प्रकाशित हुने बित्तिकै गाउँभरिका आ-आफ्नो कुखुरा कुखुरिहरुलाई सोमवार सम्म खोर मै थुन्नुहुन सम्पुर्ण चौतारी गाउँले समक्ष प्रचौधाअ अनुरोध गर्दछ।
धन्यवाद्!
Last edited: 31-Aug-07 03:32 PM

 
Posted on 08-31-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम, जिम्मालबा दर्शन!क्यार्दै हो?
 
Posted on 08-31-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ग्वाँचे!! हाहाहाहा कुरो टिपेछ केटाले!

 
Posted on 08-31-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संगत अनुसारको फल भन्छन क्यारे!
 
Posted on 08-31-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यसो उसो गर्यो हाम्रै काल" नामक पुस्तकका साथै तपसिलका कुखुरा सङ्गठनहरुले आफुमाथि हुनेगरेको ज्यानमालको धावा तु बन्द गरीनु पर्ने र हालसम्म आफ्नो ज्यानको आहुती दिएका सम्पुर्ण कुखुराहरुलाई सहिद घोषणा गरीनु पर्ने लगायतका मागहरु पर्धानमन्त्री समक्ष बुझाउदै मागहरुको अबहेलना हुन गएमा सम्बिधान सभाको चुनाब हुन नदिने चेताबनी समेत दिएका छन।


नेपाल कुखुरा हक हित सङ्गठन एकिकृत मार्क्सबादी लेनीनबादी
नेपाल सर्बहारा कुखुरा लिग - माओबादी
नेपाली कुखुरा सङ्घ
नेपाली कुखुरा सङ्घ (प्रजातान्त्रिक)
नेपाल कुखुरा मन्डल
जनतान्त्रिक तराई कुखुरा मोर्चा (ज्वाला सिं)
जनतान्त्रिक तराई कुखुरा मोर्चा (गोईत)
तराई कुखुरा टाईगर्स
चुरे भवर कुखुरा समाज
कुखुरा अधिकार तथा सामाजिक समाज
 
Posted on 08-31-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा चोर बारे थप जानकारी!
हिजो यस चौतारी टाइम्समा प्रकाशित कुखुरा चोर सम्बन्धी समाचार प्रकाशित भए पछि चौतारी सरकार र सम्बन्धित् कुखुरा चोर संगठन बीच पर्चा, बिज्ञपतिबाजी तीब्र भै भयन्कर भिडन्तको संकेत मिलेको छ। कुखुरा चोर संगठनका स्वयं घोषित अध्यक्ष श्री हरि प्रसाद खा छ्यों ( कुखुरा टाउको) ले बिज्ञप्ती जारी गरी आफूहरुलाई कुखुरा हराएको संग नाता जोडेर चरित्र हनन् को आरोप लगाउनु भएको छ भने उता चौतारि सरकारका चौतारी धागो अधिकारिको (प्रचौधाअ) कार्यलय का प्रमुख श्री बिर्ख नाथ अधिकारीले सूचना प्रकाशित गरी कुखुरा कर्फ्यु लगाएको घोषणा गर्नु भएको छ। कुखुरा चोर संगठन र सरकार बीच भएको उक्त युग्दमा कसको जीत हुन्छ हेर्नै बाकी छ। कुखुरा कर्फ्यु समय मै कुखुरा हराउन थाले भने दोष कसको हुने भन्ने बारे चौतारी गाम भरि बहस सुरु भएको छ।
हामीलाई के लाग्दछ भने यो संक्रमण काल र परिस्थितिको जटिलतालाई मध्य नजर गर्दै, तटस्थ पर्यबेक्षण गराउन अन्तराष्ट्रिय संघ संगठनलाई आग्राह गर्न ढिला गरिनु हुदैन। यसो भएमा सिङो चौतारी समुदायलाई नै नाफा हुने छैन।
Last edited: 31-Aug-07 03:52 PM

 
Posted on 08-31-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार्ताको लागी आव्हान:

बिगतका केही घण्टामा चौतारीमा देखिएको अतिबादी गतिबिधीले सम्पूर्ण चौतारीवासीमा मर्का पर्न सक्ने कुरा सर्वबिदितै छ। यसरी स्वघोषित चौतारी सरकारका तर्फबाट तथाकथित कर्फ्यू जारी गरिएकोमा हामी खेद प्रकट गर्दछौं। हामीले सामान्य बिज्ञप्ती जारी गरी हाल भईरहेका षडयन्त्रका बारेमा जानाकारी दिदा उल्टै एकतर्फी कर्फ्यूको घोषणा गरिनुलाई हामी सर्वसाधारणको सुसुचित हुन पाउने अधिकारको घोर हनन भएको ठहर गर्दछौं। यस्तो निरंकुश प्रवृत्ति बिरुद्ध लड्न हमेशा तयार रहने कुरा जानाकारी गराउन चाहन्छौं। तैपनि चौतारीको मानमर्यादा कायम राख्नको लागी तथाकथित कर्फ्यूको घोषणा तुरुन्त फिर्ता लिने पूर्वशर्तमा वार्ताको लागी तयार रहने व्यहोरा यसै सुचना द्वारा जानाकारी गराईन्छ। जय चौतारी!!
 
Posted on 08-31-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो

 
Posted on 08-31-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! दीपो को लिस्ट!!


छाप्दा छाप्दै

नेपाली कुखुरा सङ्घका अध्यक्ष श्री रातोभाले नापितले बिगतको कुखुरे आन्दोलबाट बिस्थापित आफ्ना कार्यकर्ताहरुलाई सुबिधायुक्त खोरको ब्यबस्था हुनु पर्नेमा जोड दिनुभयो भने नेपाल कुखुरा हक हित सङ्गठन एकिकृत मार्क्सबादी लेनीनबादीका अध्यक्ष श्री चु्च्चेसिउरे स्थापितले स्वयँ आफू स्थापित नै बिस्थापित हुने अवस्थामा नापितका कार्यकर्तालाई स्थापित गर्नखोज्नु अत्यन्तै गाह्रो कुरा भएको बताउनुभयो।

चुरे भवर कुखुरा समाजका महासचिव श्री ब्रोइलर ठाकुरले भोजनको लागि ज्यान आहुति दिने सम्पुर्ण कुखुराहरुलाई शहिद घोषणा गर्ने सरकारको निर्णयको स्वागत गर्दै आफ्नै भुँडिमा माल्यार्पण गर्नुभयो। किन यस्तो गर्नुभयो भन्ने प्रश्न गर्दा वहाँले बताउनुभयो कि लगभग पाँच सय कुखुरा त यो बर्ष वहाँकै भुँडि भित्र शहिद भएकोले सबै भन्दा उपयुक्त ठाउँमा माल्यारपण गरेको कुरा भन्नुभयो।
 
Posted on 08-31-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो ,

लोल हरी।



 
Posted on 08-31-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो ,

लोल हरी।

लोल जिम्माल बा।


 
Posted on 08-31-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित
 
Posted on 08-31-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters