[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 515550 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-11-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

ल थुतुनो देखाम्न मात्तै आको, भोलि पर्सि तिर मेसो मिल्या बेलामा आम्ला! दिनभरि मेसो मिल्न नि सक्छ दुई-चार दिन नाक मुख नै नदेखिने अरेर हराम्न नि सकिन्छ--

मेहन्दी कपालमा

यस्तै छ जीन्दगी

चल्छ नेपालमा


 
Posted on 06-11-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो, काम कहिलेइ न चोर्ने चौतारीको भलादमी?

यती बेला हो आउने? आब्सेण्ट भएकोले गयल जनाइ रातो लगाइ सकियो।


लास्टाँ ४+२ नै झन्डै बिर्स्या। रिट्ठे ४ र २ है।


 
Posted on 06-11-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि नमस्ते
 
Posted on 06-11-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ्!!!
नमस्ते है सबैजनालाई
ठुल्दाइ को २ र ४ पनि कहिलेइ नछुट्ने भयो, कहिले २ र ४ कहिले लालेमाम

हुँदा हुँदा अस्ती त अत्ती नै भयो , यसो ठुल्दाइ लाई फोन हानेको
"ओहो पर्बते! के छ? है म अर्को फोनमा ब्यस्त छु अहिले भेटम्ला"
अब हिजो कुरा भए अनुसार आज एक्छिन बस्नु पर्छ है भन्नुभएको, पाहुना पनि आएछन कि क्या हो भन्नि सोचेर दुइटा टुबेल्भ प्याक्स बोकेर जादै थिए फेरी फोन आयो .
"सरि अघी अर्को फोनमा ब्यस्त थिए तेही भएर कुरा गर्न पाइन है "
हैन दाई के छ र हो दुइटा त ल्याएको छु त अझै दुइटा थप्ने? ४ वटाले त नुहाउन हैन स्विम्मिङ पुल नै बनाए नि पुग्छ होला


 
Posted on 06-11-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ पर्बते १

१ पर्बते १

१ पर्बते १

१ पर्बते १


५ भयो?


फस मा ४ र २ ।


 
Posted on 06-11-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा नमस्ते
 
Posted on 06-11-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe bro ko record aaja namaste ma adkiyechha. ha ha
 
Posted on 06-11-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाँही अन्तिम लास्ट नमस्ते
 
Posted on 06-11-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सक्क्यो बा !

पैला आनन्दले दुई हात जोडेर नमस्ते गरौ अनी गफ गाफ गरम्ला भनेर 'नमस्ते' भने ! भन्न पा' छैन जिम्माल बा फुत्रुक्क आएछन ! अनी 'फेरी पनि नमस्ते' भने जिम्माल बा लाई ! बल्ल सक्क्यो 'नमस्ते अभियान' भन्ठान्या त पर्बते आएछन दुग्रिदै दुग्रिदै ! अब पर्बतेलाई के छुट्याउनु भनेर 'अर्को एउटा नमस्ते' भने ! तेस्को केही छिन् मै चेली नानीलाई पनि देखे र अब चाँही फाईनल राउन्ड होला भनेर 'अन्तिम लास्ट नमस्ते' भने !

हरी शरणम !


 
Posted on 06-11-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दीपीका त्यो त मैले के भन्छ भन्देखिन आफ्नै बल बुद्धीले अरू कसैको नक्कल नगरि सक्कल उत्तर आफ्नै भाषा र सैलीमा आफ्नै कि-बोर्ड को साहयतले आफ्नै नङ्रा ख्याएर आफ्नै पालोमा उत्तर लेखेको भएर बोर फस भा' हो!  अब चाइन्जो त्यो पनि चौतारी मन्त्रिपरिशदले नियुक्त गरेको 'परीक्षा नियन्त्रक तथा चिट चोरि प्रमुख' कै निर्णय बमोजिम भएको हो !

सबैलाई चेतना भया !

 


 
Posted on 06-11-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ, बाजी लाउं आज पोर्चुगल ले ३-१ ले जित्छ चेक लाई
Last edited: 11-Jun-08 01:43 PM

 
Posted on 06-11-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे त्यो अन्डा र जाम को त कुरै नगर, राहुलदाइ सम्झी सम्झी चित्त दुख्छ मेरो। मेरो माइला दाई ले ल हेर बहिनिले सबै मिलाइछ भनेर १०० दिनु भएको थ्यो, राहुलदाइ ले त्यो देखी सक्नु भएन अर्को चोटि चै फस रे भयो अब त, यस्ता झेल्लि दाईहरु सग बसेर जाँच पनि दिन्न आँफै पढ्छौ, आँफै सोध्छौ अनी आँफै बोर फस हुने हो अब त, सेकेन हुने भए आए हुन्छ तिमी पनि 

 
Posted on 06-11-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको २ तथा ४।

सबै जन ब्यस्त होला क्या रे? आज पानी पर्छ पर्छ। १ पर्छ २ पर्छ ३ पर्छ। किन होला?

 


 
Posted on 06-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
 
Posted on 06-11-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-11-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, आज किन पानी पर्छ भन्नु भा'? मैले बोलेको पुग्यो भनेर त होइन नि ! तेसै पनि अहिले सम्मको ९ वटा प्रिडिक्सन मा ७ वटा मिलिसक्यो !

दीपीका, तिम्रो माइला दाई त १ नम्बर को झ्यालि बुढो हो ! परीक्षा नियन्त्रक को नियुक्त गरेर परीक्षा नियन्त्रक ले नै सबै जिम्मेवारि लिने भने पछी पनि आफ्नै मन ले चुनाव सक्की सके पछी पनि धादली गरेर मेरो बिपक्ष मा रिजल्ट् निकालेको हो र मलाई भिखारीले पनि नलिने १ नम्बर देको ! तिम्रो माइला दाई लाई रिजल्ट निकाल्ने अधिकार नै थिएन,  ठुल्दाइ लाई मात्र थियो। अधिकार नभएको कुरा गर्दा 'ज्ञान बहादुर दाई' को जस्तै हाल होला है माइला दाई को पनि

पिया मैने नमस्ते किया


 
Posted on 06-11-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु महात्म्य त धेरै सुनियो र सुनिन्छ पनि मंगलबार! त्यो त भयो मुम्बई बोले तो, बम्बइको आफ्नै किसिमका चरित्रहरुको आफ्नै किसिमको रहन सहन र बोलिचालि!

एउटा गाउँ छ, कमिलाटार! हजूर हाम्रै देशको यहि चौतारी भन्दा अलि माथि हल्हले डाँडा बाट तल साउतिखोला पारि पर्छ! त्यहाँ आफ्नै संसार छ, आफ्नै जीवन छ र आफ्नै रहनसहन आनिबानी छ! साउतीखोलामा पुगेका केहि साथिहरु बिचको कुराकानी सुनौँ न त है? गन्नु महात्म्य जस्तै यो पनि महात्म्य बन्छ कि समय र कुरा मिल्यो भने! केवल सुरुवात है त कुराकानीबाट!

 

 

रिट्ठे हल्दार- होइ ख्याउटे! ह्याँथिम छित्रि हाल् हाल् बलगेर्ति भुरा खेलिरा देख्स के रे मेरा आँखाले?

 

लहरे ख्याउटे- त्यो धराप मास्त्यार कालो ढुङ्गोथिम भन्या हो हल्दार?

 

रिट्ठे हल्दार- काँ पार कालो ढुंङ्गोथिम भन्नु मइँले, त्यो खत्रिको थुतनो जस्तो ढुङ्गो देखिनस के तेरा पाँसुल्ला भन्दा चार हार पर?

 

लहरे ख्याउटे- तेस्ताँ छित्रि हालेर माछा अड्कार खान खोज्या हल्दार तइँले? भ्याउतो खाए मात्रै हो?

 

रिट्ठे हल्दार- तेरा बाउ बाजेले माछा मार्या भए था पाउँथिस बज्जे ख्याउटे तेस्तइँ हो माछो पर्नि!

 

लहरे ख्याउटे- तेरै हल्दारि खलकले खाए होलान नि माछा, च्याङख्ला खान नि सातगाम्मा पर्दारि नगरि नपुग्न्या खलक!

 

रिट्ठे हल्दार- अउतार हेर्दा हामि खान्नपा छौँ कि तेरा खलक छन् छरलउङ हुन्स! त्यो भित्तोको रह मा गएर अउतार हेरेर आइस पइला!

 

लहरे ख्याउटे- ख्याउटे भन्न खोज्या होलास लाटिको पोइ तइँले मलाई, धेरइ निउँ नखोज ज्यान सुके नि तोलाई भकुर्न परेसि हलदारि सलदारि साउतिखोलाँ बगाइदिन जान्या छ हाम्ले नि!

 

(पर बाट हर्के भक्भके ओरालो झर्दै खोलातिर आउन लागेको देखिन्छ)

 

रिट्ठे हल्दार- जति भुक्नु छ भुक् ख्याउटे, लाउर्या कुकुर जस्तो भुक्यो भुक्यो तेइथिम गएसि कुइँ कुईँ करार बित्तातोडले भाग्छस नचिन्या बराजु होस र तँ! होई त्यो खोल्तिर झर्ने भक्भके हइन? ब्यान खोलाँ हिड् बज्जे भन्दा दोभानेको घट्टाँ जानु छ मकइ पिन्न भन्थ्यो अइले ज्यानमारा एतइ झरेस!

 

लहरे ख्याउटे- मिर्सि छँडुल्लि बन तिर सेउला टिप्नि हिँडि होलि नि अनि भक्भके बज्जे पछि लार एता मुन्ट्यो नि!

 

रिट्ठे हल्दार- उ एतइ आउँदैस बज्जे! मिर्सिको भारि पुर्यार भोकले रन्थन्नेर आ होला नि हाम्ले मार्या माछो पोलेर खान पाइँस भनेर!

 

लहरे ख्याउटे- मिर्सिको भारि बोक्नि मात्रै हो यो भक्भकेले, तेल्लाई मिर्सिले एकबाजि मुइँ खान द्या भए पनि मेरो मुखाँ थुक्दिनु!

 

रिट्ठे हल्दार- तेरो मुखाँ थुकेर थुक बिटिलो पार्नु सैन हाम्लाई!...... पा पाएइ हो तेल्ले मुईँ खान, मिर्सिको पोइ आउँदै छ रे चैते दसइँमा!

 

लहरे ख्याउटे- तँ कुरो गर भक्भकेसित म एकछिन पउडि खेल्छु मज्जाले!

 

रिट्ठे हल्दार- तेरो होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि!

 

लहरे ख्याउटे- मेरा कट्टु बाँध्ने हइन तेरा पयाँला दाँताँ बालुवा घोट् पइला! कि सुन्को दाँत हाल्या छ भनेर माथ्लागाउँका तरुनिलाई देखाउन लाइस?

 

रिट्ठे हल्दार- हाम्रा दाँत जस्ता भए नि सप्पै सन, तेरा जस्ता लाउरेका लतकले भाँच्चिएर झर्या सैनन्! सुर्ति ले बरु, ब्यान देखि खान पा सइन!

 

लहरे ख्याउटे- सिद्दो मेरो सुर्ति सुर्ति, खान मन लाए भक्भकेसित मागेर खा, म गइँ खोलाँ डुबुल्किन!

 

रिट्ठे हल्दार- जा जा मर्! भित्रै बिलाउनु बरु सन्चै हुन्छ!

 

( लहरे कट्टु स्याहार्दै खोलाभित्र डुबुल्कि लाउँछ, हर्के मुसुमुसु हाँस्दै आइपुग्छ र ढुङ्गामा बालुवा पुछेर बस्छ)

 

हर्के भक्भके- ह... ह... ह... ल्लार्! म... म.. म... माछो कइ पर्यो?

 

रिट्ठे हल्दार- पर्या स एक बिसौली जति पर्या स! तँलाइ क्यान चाइयो?

 

हर्के भक्भके- भ.... भ... भ... भोक्लायो नि ब.. बज्जे, प... प... पोलेर खाउँ नम झ्... झिंटि सँआल्छु!

 

रिट्ठे हल्दार- इ खालास माछा! हाम्ले यो बैशाखा घाम्मा पाक्केर माछो मार्नु स, तँ बज्जे मिर्सि सित लठार्रेर आर हाम्ले मार्या माछो खानि? ब्यान त, घट्टाँ जानु स भनेर मुखाँ किरा पर्या थ्यो त तेरो?

 

हर्के भक्भके- घ.... घ.... घट्टाँ जानला त हो नि, म... म... मिर्सिलाई ब्... ब्... बनाँ डर लाग्छ भ... भ... भनेर साथि हिन्या!

 

रिट्ठे हल्दार- हिन् हिन् दिन्दिनै हिन् मिर्सि सित, तेसको बुडोले चइते दसइँयाँ तेरो भोग चडाएसि था पाउलास्!

 

हर्के भक्भके- न...  न... नरिसा न ब... बज्जे, त्... त्.... तेल्लाई नि ब्... ब्... बोला छ याँ, अ.... अ.... अइले आउँछे म... म.... माछा खान!

 

रिट्ठे हल्दार- (खुसि हुँदै) मिर्सि आउँसे रे? पख् तेसोभए ख्याउटेलाई बोलाउँसु, फेरि छित्रि हाल्न पर्स!

 

 

बाँकि ब्रेक के बाद----

Last edited: 11-Jun-08 02:00 PM

 
Posted on 06-11-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमिलाटारको बोली त कस गाह्रो रइस, कती जान्या हो जिम्माल बाले


 
Posted on 06-11-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !
गज्जब छ जिम्माल बा !
यो कमिलाटारे भाषाले पनि पिट्छ चौतारी ! लोस

 
Posted on 06-11-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!
फेरी पनि नमस्ते
 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters