[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 157429 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-19-06 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रुईनुलाई पनि नया वर्षको शुभकामना। नेपाल बसाई पनि रमाइलो होस्।

सुटकेशमा हालेर लगेको आलु-काउली एअरपोटका सेना-पुलिस-कर्मचारीले खोस्देलान् नि, होश
पु-याउनु है!
 
Posted on 04-19-06 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुइनु! अनि पढाइ सढाइ भ्याइएको हो कि? लु, लास्टाँ यता आउँचु भुन्या, बेला भे न र भुन्या? जे होस् बधाइ छ, है!
---

बिथोल्दै बहिस्कार : 1 Dada_Giri
सकृय बहिस्कार : 1 Bob Dai
बहिस्कार : 2 (UptownGal+Ruina)
मौन बहिस्कार: 20

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ११
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
 
Posted on 04-19-06 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा लाइ बहिस्कार को
नेता बनाउन पर्ला जस्तो छ
क्यार्न तेति भाँति कस्सिएर लागेका हुन
कतै दरबार तिर बाट सङ्केत आयो कि या हो
 
Posted on 04-19-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ बहिस्कार पनि गर्न पाउने रहेछ नि । कुरो के भने नि मलाइ आज १ लाख रुपैया को आवस्यकता परेको छ। कारण यो हो कि हाम्रा गाम तिर राजा का भरौटे हरु ले गाम मा पसेर गाम्ले लाइ गोलि ठोकेर मारेछन। त्यस्को क्षतिपुत्री भनेर १ लाख दिये रे । त्यो गाम्ले को परिवार लाइ १ लाख दिएर भाइमारा राजा का भरौटे हरु ले गर्नु खोजेको के । म राजा (ज्ञाने )लाइ मारेर १ लाख दिने बिचार म छु गाम्ले हरु । कता बाट भेटनु तेस लाइ

आज मेरो भोट माओवादि को गणतन्त्र लाइ
 
Posted on 04-19-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कुल बिदा कस्तो खुशी को खबर सुन्न पाइयो । मत आज फ्लिम् हेर्न जनु पर्ल। यो चुनब् सुनब् चै मलै मान् पर्दैन। जो आयेनि तेस्तै त होनि किन बेकर्म नरि बजि लौदैन् हिद्ने। लौ म लागे फ्लिम् हल् तर्फ।
 
Posted on 04-19-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा बुझियो, छर्लङै भो, भनेसि अहिले सम्म को नतिजा यस्तो निस्क्यो

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १०
जन गणतन्त्र: २
राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): १
राजतन्त्र ( छयालिस् साल अघि ):१
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायतजापान जस्तो) :०
 
Posted on 04-19-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईँलाको भोट त थप्नु पर्नेमा घटाइदेको हो कि के हो गुराँसे-जीले।

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १२
बहिस्कार: ४
जन गणतन्त्र: ०
राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): ०
राजतन्त्र ( छयालिस् साल अघि ):०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत-जापान जस्तो) :०

त्यो बहिस्कार गर्नेले रुइना र ठूल्नानीले जस्तै कारण पनि दिए राम्रो हुन्थ्यो नि। यत्तिकै बिना कारण बहिस्कार भन्नुको त के अर्थ भो र ! बिरोधको लागि बिरोध गर्या जस्तो भो।
 
Posted on 04-19-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको क्याल्कुलेसन मिलेन है।
'मौनम् स्विकृति लक्षनम्' भनेर हजुर्बौ ले
सिकाको बिर्सिनु भो कि क्या हो?
त्यो २० त बहुमतको पक्षमा गैगो नि।
मौन बहिस्कार रे। तेस्तो नि हुन्छ?

बरु मन्तरि खाने उद्देश्यले बहिस्कारको नाटक
गर्या हो कि? हो भने भनिहालम क्यारे। म
प्रबन्ध मिलौंला।

अनि रुइना नानि,
मेरो तर्फबाट पशुपति सरलै नमस्ते
गर्दिनु क्यारे, है त, अनि शुभयात्रा पनि भो।
 
Posted on 04-19-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मौनम् स्विकृति लक्षनम्'
IC.
जे होस् हाम्रो जीत भो. रे क्या!
---
अब चुनाबको कुरोलाई थाँती राखेर म एउटा क्रान्तिकारी गीत गाम् कि.
---
अबका दिनहरुमा रेडियो कसरी बज्ला?

यो रेडियो लोकतन्त्र हो.
सर्वप्रथम क्रान्तिकारी गीतहरु-
विज्ञापन
र विज्ञापनपछि क्रान्तिकारी गीतहरु-

झरनाको चिसो पानि
बाँधेर बाँधिदैन छेकेर छेकिदैन

संसारमै गरिबको छैन शासन भन्छ
तर पनि यो देशमा ल्याउने हाम्लाई मुन छ
झरनाको चिसो पानि
बाँधेर बाँधिदैन छेकेर छेकिदैन
 
Posted on 04-19-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा बुढा खुस्केछन अब चाँही! सोर्‍है आना खुस्किए बुढा ।

जय शम्भो!
 
Posted on 04-19-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म खुस्क्या हैन बब-दाई! कत्ति विचलित हुनुपर्दैन. मेरो अडान त छँदैछ, आफ्नै जगामा.
---
रेडियोको मिटर सार्दा माओबादी एफ् एम् स्टेसन टिपेछ कि जस्तो छ.
बिभिन्न रेडियो सुन्नेबानि छ के.
 
Posted on 04-19-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको राजनीति गर्ने र मन्त्री हुने सपना त पहिलेदेखिकै हो गाउँले हो! हाम्लाई चैं कार्यकर्ता बनाउने रे!
उफ् -- यस्तो बेलामा पनि प्रष्ट धारणा राख्न नसक्ने मान्छे के को नेता हुने? के को मन्त्री हुने?

जे होस्, लोकतान्त्रिक गणतन्त्रप्रतिको चेतना देखेर खुसी लाग्यो। भोट नहाल्नेहरुले चाँडै हालिहालम्। मतदान अबधि सकिन लाग्यो। मतदान अधिकृत बनेका भउते काजीबाट चाँडैनै यसको घोषणा हुन्छ होला।

बरु यो करण सिंहले केकस्तो गर्ने हो? यसले चाहिं आन्दोलन बिगार्ला जस्तो छ।
आज फेरि १८ घण्टा कर्फ्यु रे। मान्छे दिनभरि के गरी बस्ने हुन् घरमा? काल आएको गोरुले भीर खोज्छ भनेको यही हो बन्धु हो।
 
Posted on 04-20-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ एउटा झ्वांक चलिरा' छ। हाम्रो यो चौतारां पनि एक से एक
छदै छन् सबजना। अर्को एउटा पनि मतदान चाहिं हैन मेरो तर्फबाट एउटा
प्रस्ताव राख्दै छु। ज जस्लै आफु जे जे मा योग्य छु जस्तो लाग्छ, त्यो
त्यो बिभागको मिनिस्टर बन्ने हो भने पहिले आफ्नो नाम लेख्ने अनि
तेस्को मुनि आफ्नो बिभागको नाम लेख्ने ल।
उदाहारण को लागि;

माष्टरनि नानि:
शिक्षा मन्त्रालय।

मैले सुरु गरें।
नेपेसाहिला:
राष्टपति तथा रक्षा मन्त्रालय (नेपालको पहिलो)।

हाम्रो छायां चौतारि सरकार गठन गरौं। पछि के पर्छ पर्छ।
 
Posted on 04-20-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिलाजी म अन्दाज गरु हैत हाम्रो नेता हरुको खीचातानि ..............:D

मिस्टर!
तपाई चाहि राष्द्रपति .....!!!!!! ????? म चाहि शिक्षामन्त्रि मात्र !!?? हुन्न जा । ल भन्नुस मलाइ कति पैसा ( $) दिने ? अनि लाग्छ टुंगो.
:D :D
 
Posted on 04-20-06 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो छायाँ मन्तरी मन्डलै
जेहोस् नाम मात्र को भएपनि मन्तरी हुन पाइने भो
साइला दाइ
मेरो ता
मेरो ता मुडे बल मात्रै हो बुद्धि केही पनि छैन
तेसैले

Yahoooooo
गृह मन्तरी
 
Posted on 04-20-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-06 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भएन क्या,
अब छायां सरकारमै घुसपैठको सुरुवात गरौन भएन भन्या।
त्यो भएको शिक्षा मन्त्रालय पनि खुस्केला है फेरि। पछि केहि भन्न पाएदैना
नि। राष्टपति संग पैसा माग्ने? वाह्। क्या काइदा?
 
Posted on 04-20-06 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे जङगलि,
लौ भो ल। तिम्रै भो गृहमन्त्रालय।
 
Posted on 04-20-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मन्त्रालय जोगाउन
भगदौड गर्नु पर्यो क्या हो
रस्ट्रपति को कडा घुमाउरो निर्देशन आएको छ
 
Posted on 04-20-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters