[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 159285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 10-30-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे,
यिनीहरुले भनेको ठिकै हो।
धेरै स्वाँग नपार यार! खास कुरा के हो एकाएक भन! हाम्लाई कस्तो खुल्दुली लाइरा'छ। :D
 
Posted on 10-30-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि हो रे !! हाम्लाई नि था'भैसक्यो
********
'ए चित्रे
यिनीहरुले भनेको ठिकै हो।
धेरै स्वाँग नपार यार! खास कुरा के हो एकाएक भन! हाम्लाई कस्तो खुल्दुली लाइरा'छ।:D'


:D
 
Posted on 10-30-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!

हे हे हे थुल्ननि चितरेले स्वांग पारेर तेस्ताइ तेस्ताइ कुरा गरर के गरेको होला हइ? विरखे दाइको कुरा कसतो लगिओ? :)
 
Posted on 10-31-06 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या!!!
धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे!
भो भो!!

:P
 
Posted on 10-31-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमीले भने को कुरो कताइ हो हो जस्तो लग्न थल्यो मलाई नि । केही दिन म चौतारीमा आउन न आएको त सबै लाई सुगे रोग यो लागेछ ।
रोल # ६ ठुलिईईईईईईईईईईई
हजुर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 10-31-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ठूल्नानी,
हो भन्या हाम्रो चौतारीलाई यो सुगे रोग लागेर हैरान भैराछ। अस्ति नै दादा नेपाल जाँदा परेवा भन्ठानेर सुगा मारेर खाएछन् कि के हो, चौतारीमा आउँदा उनलाई सुगे रोग लागेको थियो, अनि त चौतारीका अरू गाम्लेहरूलाई नि एक एक गर्दै सर्न थाल्यो बा! यो रोगको खोप सोप नि छैन कि क्या हो?

अनि तिम्रो हालखबर के छ नि? ह्याप्पी हलोवीन है तिमीलाई! ;)
 
Posted on 10-31-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुगे रोग् त हो कि, तर शुरुमा चित्रेको बिहे भन्ने कुरा कहाबाट आयो त? पक्कै हुनुपर्छ बिहे चाहि। म त जन्ति जाने तयारीमा लागेँ है।
 
Posted on 10-31-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, के छ हालखबर? मेरो बिहैको कुरा चैं हल्ले रोग (हल्लाको रोग) बाट आएको हो, कुम्लेबाट शुरू भा' हो क्यारे। सुगे रोगले हल्ले रोग फैलाउन धेरै मद्दत गरेको छ नि।मेरो जन्ती जाने तयारी चैं डेढ दुइ वर्ष पछि मात्र गरे हुन्छ। :)
 
Posted on 10-31-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल मेरो तर्फबात पनि सबै लाई हाप्पी हलविन।
 
Posted on 10-31-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल मेरो तर्फबात पनि सबै लाई हाप्पी हलविन!!

आँफ्नो त अनुहारै उस्तो क्यारे! जहिलेपनि हलोविनको मास्क लाएजस्तो डरलाग्दो देखिने। उहिले ठुली तर्सेर बिजोग भएको थियो। बल्ल आज चाँहि राम्रो मास्क लगाएर हिड्न पाइने भो।

:-)
 
Posted on 10-31-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि चौतारीमा सबै लाई ह्याप्पी हलविन।
 
Posted on 10-31-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले किन पहिले नि अहिलेनी तिम्रो अनुहा देखेर तर्सिन्छु । राती राती तेही भएर यो चौतारी मा आउन्दिन । फेरि राति सुत्ने बेला मा तर्सिन्चु। :(
 
Posted on 10-31-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पो भो त नि, गाँठे! काँ'र सुरु अरम, काँ'र।

रिकुटेको सरलाई दुवै हातको हाडाप् हुडुप् खुट्टा तन्केको, छाती फुल्लेको सलुट्! पिरती सान्नानीलाई स्वागत! मुईले त बैद्धनाथको आयुर्वेदिक कपाल उम्रने तेल मगा'को हो के रे, ल्याई कि ल्याईनन्, कुन्नि? तो तितौराको थुप्रो खप्पाराँ दलुम् भुने भत्भति पोल्ला भन्नि डर भो! कि फेरि खप्पराँ लउसिको बोटै उम्रेला!

**********************

अस्ति नै को कुरो हो के रे, म नि गा'थें जिम्मालेलाई हेरम भुनेर, दुई झोला सुन्तला ले'र। बिसिद्दि देख्न लेख्या' र' च तो दिन त, नारन्!

अर्ध नाङ्गो, चिप्लो ज्यान तन्काउँदै जिम्माले त "अईया! अईया!" भुन्दै चिछाई रा'थो। रिकुटे चईं, " अटिन सन्! आईम्! फाईर्!" भुन्दै बुढटको नाक तान्दै थो त नि!

"हन ए, बन्धु हो! कुन गामको किच्कन्डीसंग बसेर खोएबिर्को लडा'को हो र तिमेरुले हिजो, अनि यस्तो पागल भए चौ?" भुनेर सोधेको, रिकुटे भन्च:

"ओ हो, पुन्ट दाई! कबसे आम्नु भो? सलुट् छ हो! यि जिम्माले बुढाको धाड खु्स्क्यो रे, अनि पल्टन से ल्या'को राईफलको तेल धसेर मालिस गर्देको हम्ने। मालिस के बाद आद्‌मीलाई राईफलबाट गोली निस्के जस्तो गरेर मुख से गोली निकाल्न पर्छ! उसके बाद बल्ल सन्चो हुन्छ आद्‌मीलाई! बुढाको नाक राईफलको टिगर जस्तो के रे, अनि हम्ने उही नाक तानेर 'फाईर' कोसिस गरेको। बटा मुस्किलको परेच बुढा त! जरा हेल्प गरम, पुन्टे दाई, म फिर से नाक तान्छु, तपाईं यसको कान तान्नुस्" रे!

"हन, पुन्ट बुढा! साच्चिकै हो कि यो रिकुटे बौला'को हो हँ? आफू कईले लाहुर गईएन, केई था' भएन" भन्दै जिम्माले रस्सेको आँखा पुच्दै, रातो नाक सुम्सुम्याउँदै, धाड थिचुन्जेल त आनन्दै आ'थो केरे भन्दै तो।

मेरो पाल नि यई हो मौका भुनेर रिकुटेको कुराँ सही थापेम्, अनि तान्दिएँ बुढाको मान बेस्कन, रिकुटेको "फाईर!" आर्डर आएसि। तो बेलाँ जिम्मालेको मुख हे्र्न पर्नि, गाम्ले हो! तन्केको नाक, हात्ती काने सईड, खुम्चेको गाला, धरधरी आँसु बहेको चिम्सेको आँखा! बनबोक्सी कै रुप त नि! पछि त मुया नि लाओ बुढाको, कठै! बरु नाक कानै उखेलिन्तो होला, मुखाँऽट गोली त प्याट्टै निस्केन के रे। अईले कस्तो छ कुनि, जिम्मालेलाई?

*********************************

तिहार सकिन पा' छैन, दिदी बुईनिलाई किन रुवाउन परो होला यि कुम्लेलाई फेरि? कोठाच क्वाँऽऽऽ क्वाँऽऽती डाँको छोडेर रोई रा'थी ठुल्बुईनी हिजो! खान नि काईनन्, के भो भन्दा नि केई भन्दिनन्। आज बजारतिर निस्केर पो बुझियो कुरो, चित्रेको बिहेको हल्ला रे'च। "पऽटु मखु, कुरै मस्यू, डाई" बुनेर फत्फताई रा'थो चित्रे नि! अईले आफ्नो नयाँ सुरुवाल हाल्नि ओकात नहुँदै त बिहे गर्न हुन्न, डेढ-दुई बर्ख पछि नै ठीक छ, चित्रे!
 
Posted on 10-31-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khikhikhi :D:D
 
Posted on 10-31-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई कता को म रुनु नि । हिजो अलि धरै नि रौसी पिउनु भाको थियो कि क्या हो । अब त आफ्नु बुइने रोको कि हासे को चुताउन सक्नु भएन । कति भन्नु यो दाई लाई धरै नधोक्नुस् बानेर । कुन दिन ठुल्भाउजु ले घर बाट निकाली दिनु हुन्छ अनि ठीक पर्छ ।
 
Posted on 10-31-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khikhikhi :D:D
 
Posted on 10-31-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D mare haasera..sarkio coffee pani.

:P
 
Posted on 10-31-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copycat haru :S Grrrrrrrrr.......!
 
Posted on 10-31-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटेलाई भनेर गोली ठोक्न लाईदेउन बिल्लीहरुलाइ! :p

grrrrrrrrrrr गर्ने त फेरि बिल्लीकी रानी सेर पो होला! :D
 
Posted on 10-31-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै गाम्ले हरु पागल भो जस्तो छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters