[Show all top banners]

NOA

More by NOA
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 FIRST TIME IN NEPAL.
[VIEWED 9560 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-10 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CONRATULATION! TO THE WINNERS.

टरबाइक रेस हेर्न नेपाली दर्शक टेलिभिजनको स्त्रिmनमै सीमित हुने दिन टुंगिएको छ । अब आफ्नै देशमा बाइक हुइँक्याएको हेर्न पाइने मात्र होइन, त्यसमा सहभागीसमेत हुन सकिनेछ । यसको सुरुआत गतवर्षदेखि 'यामाहा राइडटेक च्यालेञ्ज' ले एउटा हाउजिङबाट गरे पनि यो वर्ष भव्यताका साथ गत शनिबार सम्पन्न गरेको छ । नेपालमा रेस कोर्स अर्थात् मोटरसाइकल रेसको आधुनिक ट्रयाक छैन । त्यसैले पिच सडकमै मोटरबाइक हुइँक्याउनु नौलो कुरा भएन ।



यामाहा राइडटेकमा पनि नेपाली बाइक राइडरले पिचमै मोटरबाइक हुइँक्याए । मुलुककै पहिलो मोटरबाइक रेस भएकाले पनि घरेलु राइडरको जोस हेर्नलायक थियो ।

सिंहरदरबारनजिक पुलनिर टायरको बाउन्ड्री बनाएर चार सय मिटरको दूरीमा बाइक रेस गराइएको थियो । विकसित देशमा हुने मोटरबाइक रेस 'मोटाजीपी' टेलिभिजनमा हेर्ने बानी परेका नेपाली राइडरका लागि घरेलु प्रतिस्पर्धाले नयाँ अनुभव दिएको छ । उनीहरूलाई उत्साह प्रदान गर्न तीन हजारभन्दा बढी दर्शक, विशेषगरी युवाहरू टन्टलापुर घाममा पुलमाथि र मुनि उपस्थित थिए ।

कृत्रिम ट्रयाक मेहनतसाथ सफा गरिएको भएपनि नेपाली राइडरहरू पूर्ण सुरक्षित स्थितिमा भने थिएनन् । उनीहरूसँग आधुुनिक सेफ्टी ड्रेस-सेट पनि थिएन । यामाहाको सामान्य रेस ज्याकेट, नी गार्ड तथा एल्बो गार्डकै भरमा नेपाली राइडरले बाइकको स्पिड र स्किल प्रस्तुत गरेका थिए । प्रतियोगीहरू यामाहाद्वारा उत्पादित आर वान फाइभ तथा एफजेड स्पर्धामा सहभागी थिए भने मोटरबाइक रेस 'टिम नेमेसिस' ले आयोजना गरेको थियो ।

आर वान फाइभमा १७ वषर्ीय आशुतोष पाण्डेले सफलता चुमे । नियमित बाइक चलाउन थालेको आठ महिना मात्र भएको बताउने बसुन्धरा धापासीका पाण्डेले आठ ल्याप्सको फाइनल चरण ३ मिनेट ९ दशमलव ४८ सेकेन्डमा पूरा गरेका थिए । रेस जित्न उनलाई खासै गाह्रो भएन । प्रत्येक चरणमा सुरुमै अग्रता लिएपछि पछाडि र्फकनु नपरेको स्थिति उनले फाइनलमा पनि दोर्‍याए । फस्ट ल्यापमा लिएको अग्रता अन्तिमसम्म जोगाउने क्रममा उनले दोस्रो भएका सन्दर्भ थापाभन्दा १ दशमलव ५३ सेकेन्ड अघि रेस पूरा गरेका थिए । उक्त स्पर्धामा समर मानन्धरले तेस्रो स्थान हासिल गरे ।

एफजेड स्पर्धामा भने अनुभवी सुजित ताम्राकारले बाजी मारे । काठमाडौं, बुद्धनगरका ३० वषर्ीय ताम्राकारले प्रत्येक चरणमा प्रतिद्वन्द्वीको कडा चुनौती समाना गर्नुपरेको थियो । फस्ट ल्यापमा पछि परेका ताम्राकारले फाइनलमा सेकेन्ड ल्याप्सबाट लिएको अग्रतालाई अन्तिमसम्म निरन्तरता दिएका थिए । आठ ल्याप्सको रेस उनले ३ मिनेट ४८ दशमलव ६१ सेकेन्डमा पार गरे । उनीसँग शून्य दशमलव २३ सेकेन्ड पछि परेपछि आयुष गुरुङ उपविजेतामै रोकिए । उक्त स्पर्धामा निहाल जोशीले तेस्रो स्थान हात पारे ।

दुवै उपविजेताले २०-२० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । तेस्रो भएका निहाल र समरको पोल्टामा १०-१० हजार पर्‍यो । विजेताका लागि नगद पुरस्कार थिएन । यद्यपि त्योभन्दा ठूलो उनीहरूका लागि चेन्नाई रेसिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर थियो । चेन्नाई ट्रयाक दक्षिण एसियाकै एकमात्र मोटरबाइक रेस कोर्स हो ।

विभिन्न क्षेत्रबाट छनोट भएका बाइक राइडरसँग आशुतोष र सुजितले चेन्नाईमा प्रतिस्पर्धा गर्नुपर्नेछ । एक महिनापछि हुने उक्त रेसका सम्बन्धमा उनीहरू निक्कै उत्साहित पनि छन् । रेस कोर्सको अनुभव नभएपनि राम्रो नतिजा निकाल्ने प्रयासमा कुनै कसर बाँकी नराख्ने आशुतोष तथा सुजितले बताए । उनीहरूको चेन्नाई यात्राको व्यवस्थापन यामाहाले गर्नेछ ।

आर वान फाइभमा २६ र एफजेडमा ४८ गरी कुल ७४ बाइक राइडरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीहरूलाई नौ समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको थियो । प्रत्येक समूहमा शीर्ष तीनमा रहने राइडर अघिल्लो चरणमा प्रवेश गरेका थिए । तीन चरण पार गरेका ६-६ जना बाइक राइडरले दुई स्पर्धाका फाइनल चरणमा अवसर पाएका थिए ।

ट्रयाकमा स्पिडभन्दा स्किललाई बढी जोड दिइएको थियो । 'जोस्सिएर बाइक हाँक्ने हुँदा दुर्घटना हुनसक्ने डर लागेको थियो', टिम नेमेसिसका म्यानेजर डुम्छा राईले भने, 'त्यो टर्‍यो । अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भए । त्यसैले ऐतिहासिक बाइक रेस पूर्ण सफल रह्यो ।'

डिजेको म्युजिक मिक्सिङ, बी-बोइङमा टिन एजर्सको कला तथा चेयर लिडरको सेक्सी डान्सले पनि यामाहा राइडटेक च्यालेञ्जको रौनक थपेको थियो । ट्रयाकमा टिम नेमेसिसका आधा दर्जन सदस्यसँगै व्यावसायिक भारतीय मोटरबाइक राइडर फवद खानको स्टन्ट कलाले पनि धेरैलाई लोभ्याएको थियो । यामाहा राइडटेक च्यालेञ्जलाई अब निरन्तरता दिइने प्रायोजक मोरङ अटो वक्र्सले जनाएको छ ।

SOURCE: KANTIPUR SAPTAHIK.

Last edited: 06-Jun-10 04:15 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters