[Show all top banners]

ser bahadur
Replies to this thread:

More by ser bahadur
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कमल थापाको घरमा पुष्पकमल
[VIEWED 12858 TIMES]
SAVE! for ease of future access.
Posted on 07-23-10 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक
मच्छड आदमीको हिजडा बना देता हे”
। प्रधानमन्त्रीको कुर्सीले सायद
पुष्पकमललाई उक्त डाइलगमा भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको
अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर
देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् – ए गाठे कमल थापाको
घरमा गएर भोटको लागि हात जोड्ने दिन पनि आयो हँ । कुनै वेला थियो प्रचण्डको
टाउको मुल्य करोडौं तोकिएको थियो । प्रचण्ड भन्ने मान्छे छ र छैन मा बाजी
ठोक्नेहरु थुप्रै थिए । एउटा मात्र फोटो बाहिर आँउदा जिव्रो टोक्नेहरुको
कमि थिएन । कुनै तिलस्मी कथाको नायक जस्ता बनेका थिए ती । ६ दशक लामो समय
नेपाली राजनितिमा विताएका गिरिजाप्रसाद कोइरालाले स्वयंले
प्रचण्ड-बाबुरामलाई पहिलो पल्ट भेट्दा ती मान्छेहरु साच्चै देशको लागि
गम्भीर भएको आफुले पाएका वताएका थिए । तर आजै उनै प्रचण्ड पुष्पकमल भएर
प्रधानमन्त्रीको कुर्सीको लागि कमलथापासँग हात जोड्दैछन् । जसले भने पनि
ठीक भनेका हुन् समय परिवर्तनशिल छ । साच्चै परिवर्तनशिल छ समय ।



[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);निश्चित रुपमा नेपालमा संविधानसभाको चुनाव गराउन गणतन्त्र ल्याउन संघियताको
मुद्दा स्थापित गर्नको लागि सबैभन्दा बढि श्रेय कसैलाई जान्छ भने त्यो
माओवादीलाई नै जान्छ । र त्यसको शिर्ष नेतृत्वको हैसियतले प्रचण्डलाई जान्छ
। गणतन्त्रको ल्याउनको लागि भनिएको जनयुद्व वा जनआन्दोलनमा कमल थापाको
लाठी र बुट खानेहरुको ढाडको डाम अझै सेलाएको छैन होला । घाइतेहरुको गोलीको
घाउ अझै पुरिएको छैन होला । तर विहिवार कमल थापाको घरमा पुष्पकमललाई
भोटमाग्न जाँदै गरेको विद्रृप दृष्य देखेर उनीहरुलाई आफ्नो घाउमा नुनचुक
छर्किएको महसुस भएको हुनुपर्दछ । विहिवार अचम्मै भयो इतिहासको कुइनेटामा
मिल्काइएका भनिएका कमल थापाहरुसँग इतिहासको नायक भन्न रुचाउने पुष्पकमल
मलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुराइदेउ प्लिज भन्न पुगे । इतिहासले
मिल्काएपनि जस्केलाबाट संविधानसभामा पुगेका कमल थापा हिजो जस्ता थिए आज
त्यस्तै छन् । राजतन्त्र समाप्त भएर गएपनि आजप्रर्यन्त उनी सकृय
राजतन्त्रको वकालत गरिरहन्छन् । तर प्रचण्ड किन यति चाँडो पुष्पकमल भए ?
पुष्पकमलको जीवनमा यति चाँडै किन आयो त एकसय असि डिग्रीको फन्को ?


आखिर अहिलेको अवस्थामा पुष्पकमल कथंकथाचित प्रधानमन्त्री भएपनि के नै
गर्लान र ? उनको प्रधानमन्त्री हुनु भनेको भारतलाई देख्यौं तिमीहरुले लाख
कोशिस गरेर रोक्दा पनि म प्रधानमन्त्री भइ छाँडे भनेर देखाउने वाहेक ।
मधेशी तथा सानादलको समर्थन पाएर प्रधानमन्त्री बने भने पनि जसरी माधव
नेपालका मन्त्रीहरुले चर्तिकला देखाएर नेपाल दोषको भागेदार बने त्यसरी नै
प्रचण्डले गर्ने सक्ने भन्दा पनि दोष पाउने नै बढि संभावनाहरु छन् । यस्तो
अवस्थामा जेसुकै प्रधानमन्त्री बने भने पनि उसले समान्य सुधारका
कार्यक्रमहरु ल्याउन पनि हम्मे पर्न सक्दछ । त्यसकारण वहुमतिय
प्रणालीद्वारा प्रधानमन्त्री बन्ने कसैको पनि हालत माओवादी नेतृत्व र
एमाले नेतृत्वको अघिल्लो सरकारहरु भन्दा फरक हुने छैन ।


तर समयले इतिहासमा कमल थापाको घरमा पुष्पकमल मलाई प्रधानमन्त्री बनाइदेउ
भन्दै गए एकदिन भनेर जरुर लेख्नेछ । भोलीको दिनमा सायद पुष्पकमललाई कुनै
इमान्दार कार्यकर्ताले सोध्नेछ – ज्ञानेन्द्रको अगाडी प्रधानमन्त्रीको लागि
दर्खास्त लिएर नारायणहीटीमा लाइन वस्न जाने माधव नेपाल र ज्ञानेन्द्रभक्त
कमल थापाको घरमा मलाई प्रधानमन्त्री बन्न भोट देउ भन्न जाने पुष्पकमलमा
सारमा के फरक छ कमरेड ? सार र रुपका ज्ञाता पुष्पकमललाई उक्त उत्तर अहिले
नै थाहा होला । तर उही फिल्मको डाइलगमा नाना पाटेकर थप भन्छन् – “गिरना हे
तो उस झरने कि तरह गिरो जो पहाड के उचाई से गिरके भी अपनी खुबसुरती को
नहीँ खोती” ।

 
Posted on 07-23-10 9:48 AM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I still don't know how "ek machhar admi ko hijada bana deta hai?" Any insights? I think this question is more interesting than the penalty kick offs between Dahal and Paudel.
 
Posted on 07-23-10 12:42 PM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्सिको लागि पाउ मात्रै  हैन
गु ला पनि मोल्ने भए

आश्चर्य नमानौ निर्लज्ज हरु सँग
जोगिको घरमा सन्यासी पाहुना हुने सँग, 




Last edited: 24-Jul-10 12:35 PM

 
Posted on 07-23-10 1:30 PM     [Snapshot: 381]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Gaf thulthulaa diyapani... aakhir sablai kurshi nai chahine... sab uhi dyaang kaa hun.
 
Posted on 07-23-10 7:37 PM     [Snapshot: 576]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kamal Thapa, did what he had to do then in his role as the home minister of the country then. Was he right or not right is for undutiful to decide, he did his job and if the court of justice proclaims him guilty he has boldly said I am ready for the punishment. It is a bold character in him, the leader who is holding on to his ideology that is making even the bold faced go t him. Don't underestimate him, he is with an ideology and as for the crowd all the frustrated ones from the ongoing whims will back him, because this is how it has been in Nepal.


Again, in politics as they say, no enemies and no friends it is time that binds and breaks the compromise. I only wish the request was for national interest and positive changes rather than short term selfish gain and gimmicks of decieving.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters