Bornto_Rise
Replies to this thread:
More by Bornto_Rise
What people are reading
Subscribers
Please log in to subscribe to Bornto_Rise's postings.
:: Subscribe
|
|
[VIEWED 11650
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Bornto_Rise
Please log in to subscribe to Bornto_Rise's postings.
Posted on 08-20-13 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ती मरिचमान र यी मरिचमानहरू
पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री तथा भारतीय नाकाबन्दीका विरुद्ध सम्झौताहीन अडान लिएर देशभक्तको छवि बनाएका मरचिमान सिंह श्रेष्ठको क्यान्सर रोगबाट निधन भएको छ। पञ्चायतकालीन प्रधानमन्त्री भएका कारण सरकारले उनको उपचारमा सहयोग नगरेको विषय विगत एक महिनायता निकै चर्चाको विषय बन्यो। साथै, उनको अन्त्येष्टिमा सरकारले देखाएको अपमानजनक व्यवहारले उनीप्रति सहानुभूति र वैरभाव राख्ने कित्ताका बीचमा ध्रुवीकरणसमेत हुन पुग्यो।
मरचिमान पञ्चायती शासनका प्रधानमन्त्री थिए र पञ्चायती व्यवस्था निरंकुशतामा आधारति थियो। तर, यसभन्दा ठूलो महत्त्व उनी र आजका शासकबीचको तुलनाले राख्छ। अहिलेका शासक पात्रहरूभन्दा मरचिमान खराब देखिन्छन् वा असल भन्ने कुराले नै उनका बारेमा विभाजित पंक्तिको दृष्टिकोणलाई यथार्थपरक ढंगले जाँच्न सकिन्छ। पञ्चायती पृष्ठभूमि भएकै कारण अरूहरूप्रति राज्य र दलहरूले दुव्र्यवहार गरेका छन् कि छैनन् भन्ने पक्षबाट वर्तमान सत्ता र शासकहरूको नियत तथा त्यसपछाडिका सबै कारणहरूलाई प्रस्ट पार्छ। मरचिमानप्रति गरिएको दुव्र्यवहारको सन्दर्भलाई मूलभूत रूपमा यस प्रकार विश्लेषण गरिनुपर्छ।
पञ्चायती पृष्ठभूमि भएका कारण मरचिमानप्रतिको दुव्र्यहारलाई उचित साबित गर्न खोज्ने हो भने त्यस बेलाका खुँखार हत्यारा, दमनकर्ता र षड्यन्त्रकारीका रूपमा निन्दित प्रहरी, सेना, कर्मचारी र राजनीतिक वृत्तका सबैजसो व्यक्ति कांग्रेस, एमाले, एमाओवादी र मधेसी गुटहरूका केन्द्रीय नेता र नीति निर्माता सांसद भइसकेका छन्। बीपी कोइरालाविरुद्ध फाँसीको मुद्दा अघि बढाउने, पञ्चायतकालमा ठूल्ठूला भ्रष्टाचारको रेकर्ड तोड्ने र ०३७ सालको जनमतसंग्रहमा बहुदललाई हराउन सबै प्रकारका नाजायज हत्कन्डाहरू प्रयोग गर्ने धूर्त पञ्च सूर्यबहादुर थापा यतिखेर लोकतान्त्रिक चटकेहरूका आत्मा भएर बसेका छन्। पिस्कर हत्याकाण्डका सूत्रधार पशुपतिशमशेर राणा, दरबारका विश्वासप्राप्त मानिएका लोकेन्द्रबहादुर चन्ददेखि पञ्चायतमा तर मारेर मोटाएका मधेसीहरूसम्म अग्रगमनका खम्बाका रूपमा स्वीकार गरएिका छन्। त्यसैले यो बिर्सनुहुन्न कि पञ्चायत ढलेपछि मरचिमानले न पार्टी चलाए, न लोकतन्त्रको नक्कली मुकुन्डो पहिरनि दौड लगाए, न त कसैलाई बिगारे नै।
मरचिमानमाथि राज्यले गरेको अपमानलाई जाँच्ने अर्को आधार हो, चरत्रि। पञ्च भएको बहानामा उनको उपचार र अन्त्येष्टिप्रति दुर्भावना देखाउनेहरूले लोकतन्त्रको मुकुन्डो भिरेपछि जस्तो अपराध पनि क्षम्य हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छन्। मरचिमानलाई उपचारमा सहयोग गर्ने बेला नानाभाँतीका बकवास गर्नेहरूलाई जनताले यसरी चिनिराख्नुपर्छ कि गणतन्त्रका राष्ट्रपतिको शरीरमा अप्रमाणित धब्बाको छायाँ देखापर्नेबित्तिकै उनले ६० लाख रुपियाँ राजस्व विदेशमा लगेर स्वाहा पार्न सक्छन्। नारायणकाजी श्रेष्ठजस्ताको जीउ चिलाउँदा १७ लाख रुपियाँको ढुकुटी हिनामिना गरेर जापानमा मसाज गर्न सकिन्छ। गाउँघरको विकासका लागि छुट्याइएको बजेटलाई दलका नाममा भागबन्डा गरेर हजम गर्न पाइन्छ। देशका सूचनाहरू आपूर्ति गर्न र विदेशीहरूको निर्देशन लिन उपचारको बहानामा नियमित विदेश धाउनेहरूको खर्च राज्यकोषबाट कट्टी गर्न सकिन्छ तर मरचिमान पञ्च भएका कारण उपचार खर्च सहयोग गर्न सकिँदैन !
उपचार खर्चबारे निर्णय गर्दा विदेशी, पुष्पकमल दाहाल र मधेसवादीहरूको खुट्टा मोलेर मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मीलाई लाज लाग्यो रे! प्रतिगामीहरूसँग मिलेर देश र प्रजातन्त्रको अवशेष पनि उडाइसकेका संसद्वादी र एमाओवादीलाई 'जनताले केही भन्छन् कि' भनेर हिचकिचाहट भयो रे ! पञ्चायतकालदेखि आजसम्म देशलाई निचोरिएको कागतीको बोक्रा बनाउनेहरू अग्रगामी? तर, राज्यको केन्द्रमा बसेर भ्रष्टाचारको विवादमा पनि नपरेका मरचिमानचाहिँ पश्चगामी? नाटक र निचताको पराकाष्ठा हो यो।
मरचिमानलाई हेर्ने तेस्रो कोण हो, जीवनशैली। उनी एकदमै सरल जीवनशैलीका मानिस थिए। ०६६ सालमा यस पंक्तिकारले भेट्दा उनी आफ्नो करेसाबारीमा कुटोकोदालो गररिहेका थिए, फूलमा पानी हालिरहेका थिए। पूर्वप्रधानमन्त्री हुनुको कुनै रवाफ उनमा देखिँदैनथ्यो। प्रधानमन्त्री भएर उनले अकूत सम्पत्ति जोडेको पनि कसैले देखेनन्। कुनै तस्कर, कालोबजारी, माफिया, बहुराष्ट्रिय कम्पनीसँग साझेदारी गरेर उद्योग-व्यापारमा लगानी गरेको पनि आजसम्म खबर छैन। राज्यबाट सुविधा लिएर सुरक्षाकर्मीको पहरामा अत्याधुनिक गाडीमा विलास गर्ने अहिलेका पूर्वप्रधानमन्त्रीहरूसँग उनको कतै पनि तुलना गर्न सकिँदैन। अहिलेको कुन कथित अग्रगामीले पजेरो र प्राडो चढेको छैन? कुन स्वघोषित लोकतन्त्रवादीको माफियाहरूसँग व्यापार र तस्करीको साझेदारी छैन? कुन दल र नेताले पैसाका लागि पेसेवर अपराधी गुन्डालाई म्वाइँ खाएको छैन? पैसा र कुर्सीका लागि धर्मसंस्कृतिलाई पनि बेच्न सक्ने नयाँ नेपालका कथित स्वप्नदृष्टाहरू पनि अहिले छ्यापछ्याप्ती छन्। सत्ताको नशा चढाउनका लागि नागरकिता बेच्नेहरूको आदर्श पनि जनताले हेररिहेका छन्। त्यसैले यस्ता कुकर्महरूमा कहिल्यै नफसेका मरचिमानलाई असहयोग गर्नेहरूका बारेमा सतहमा बुझिएभन्दा गम्भीर बन्न आवश्यक छ।
हामी सबैलाई थाहा छ, मरचिमान सक्रिय र शक्तिशाली राजतन्त्रका प्रधानमन्त्री थिए। यस अर्थमा उनले जे गरे, सबै तत्कालीन राजाको इच्छा र निर्णयका आधारमा गरे। राजाको आदेशको बर्खिलाफ गर्ने क्षमता प्रधानमन्त्रीमा हुने कुरा पनि भएन। यस आधारबाट हेर्दा पनि अहिलेका शासकहरूभन्दा मरचिमान नै राम्रा ठहरिन्छन्। किनभने, उनले राजाको 'हुकुम'बमोजिम गरे तर आजका प्रधानमन्त्रीहरू अमुक विदेशी शक्तिको 'हुकुम'का आधारमा काम गर्छन्।
कुनै विदेशीको शक्ति र पैसाको बलमा उत्थान भएको इतिहास नहुनु मरचिमानको अर्को सकारात्मक पक्ष थियो। उनी कसैको पैसाले १० वर्षमै 'विश्वक्रान्तिका नायक' बनाइएका, प्रायोजित 'मिडिया वार'को छायाँले नयाँ नेपालका 'आर्किटेक्ट' बनाइएका मान्छे होइनन्। उनी त मास्टरीको जागिर खाँदै र सल्यानका डाँडाकाँडामा राजनीति गर्दै प्रधानमन्त्री भएका हुन्। आजन्म उनका पछाडि न कुनै विदेशी देखियो, न त पुनः शासक बन्नका लागि उनी कसैको ढोकामा आराधना गर्न निस्केको थाहा भयो।
जुनसुकै प्रकारका हत्कन्डा प्रयोग गरेर मरचिमानका बारेमा भ्रम सिर्जना गर्न र आफ्नो बर्बर चरत्रिको ढाकछोप गर्न खोजे पनि सबैले छ्याङछ्याङ्ती देखेको यथार्थ के हो भने सरकारले गरेको उनको अनादर यसप्रति दलहरू उदासीन रहनुपछाडिको एक मात्र कारण भारतको वक्रदृष्टि हो। दिवंगत राजा वीरेन्द्र र उनका बफादार प्रधानमन्त्री मरचिमानलाई जे-जस्ता सर्तमा सुरक्षा, व्यापार, जलस्रोत, विदेश मामिलासम्बन्धी सन्धि-सम्झौताहरू गराउन त्यो शक्तिले प्रस्ताव अघि सारेको थियो, त्यसलाई स्वीकार गरेर उनीहरूले नेपाललाई भुटान बनाउन मानेनन्। उसको इच्छा र आदेशविपरीत चीनबाट हतियार खरदि गरे। यसबाट आक्रोशित दिल्लीले ०४५/४६ सालमा नेपालमाथि १८ महिना लामो नाकाबन्दी लगायो। तर, मरचिमानले नाकाबन्दीको दृढतापूर्वक सामना गरे।
मरचिमान असहयोग प्रकरण सामान्य प्रकृतिको होइन। यसले के कुराको संकेत गर्छ भने यहाँको शासकवर्ग आफ्नो सामान्य प्रकारको कर्तव्यबाट समेत च्यूत भइसकेको छ। ज्ञातव्य छ, निरंकुश भनिएका राजा वीरेन्द्रबाट मृत्युदण्डको मुद्दा झेलेका बीपी कोइराला र गणतन्त्रका मसिहा भनिएका गिरिजाप्रसाद कोइरालाकी श्रीमतीले पनि पञ्चायतकालमा स्वास्थ्य उपचारका लागि सरकारी सहयोग पाएका थिए। तर, मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिलाई लोकतन्त्रजस्तो व्यवस्थामा जाबो पाँच लाख रुपियाँ दिने निर्णय, त्यो पनि जीवनको अन्तिम दिनमा गर्ने र उनको अन्त्येष्टिमा समेत पूर्ण राजकीय सम्मान नदिएर घोर अपमानित गरेका छन्, दलहरू र सरकारले।
राजाको आदेशबमोजिम काम गर्दा पनि कुनै अनैतिक विवादमा नतानिएका मरचिमानलाई प्रतिगामी पञ्च देख्ने दलहरूको लोकतान्त्रिक आँखामा फूलो परेको छ। किनभने, चरम धाँधली गरी पञ्चायतलाई जिताउने, भ्रष्टाचारका महारथीका रूपमा परिचित र वैदेशिक शक्तिका भक्त सूर्यबहादुर थापालाई एमाओवादी, संसद्वादी, मधेसवादीले अग्रगमनको खम्बाका रूपमा देखेका छन्। आजका यी मरचिमानहरूको यस्तो फूलो परेको आँखाले मुलुकलाई दूरदृष्टिका साथ अघि बढाउन सक्दैन। त्यसका लागि निर्दलवादी खिलराज रेग्मीको सरकार विसर्जन हुनु जरुरी छ ।
|
| |
|
|
|
|
deshbhaktanepali
Please log in to subscribe to deshbhaktanepali's postings.
Posted on 08-20-13 8:14
PM [Snapshot: 166]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
|
|
| |
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 08-21-13 1:07
AM [Snapshot: 361]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|