[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 सबै भन्दा निस्क्रिस्ट डकैति
[VIEWED 12907 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-24 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनौठो डकैति पढे पछि मैले डकैति बारे केहि कोर्ने बिचार गरि यो धागो सुरु गरेको हु |
डकैति शाब्दिक अर्थमा भन्ने हो भने धन जन को चोरि लाई जनाउछ | हामीले फिल्ममा देखे जस्तो दिनदहाडै घोडा चडेर हातहतियार बोकेर आउने जमात आज भोली जिप चडेर आएको देखाउन थालेका छन् |
हाम्रो देशमा मात्र होइन सबै जस्तो गरिबी मुलुकमा कलमी-डकैति अतिनै प्रचलित छ | यसलाई चिनाउदा सरकारी कार्यालयमा कार्यरत कर्मचारी हरु बिना भेटि एक अक्षर पनि लेखिदैन अनि तिनले समातेका कलमले मसि पनि छाद्दैन |2
छल - डकैति परसम्पत्ति को हडप छल तरिकाले गरिन्छ | धेरैले सुन्नु भएको छैन होला कोहि मर्यो भने पहाडे कागज र गाजल बोक्ने र मृतकको दुवै बुढी औलाको ल्याप्चे लगाउने हरुलाई जनाउछ | सिरहा सप्तरी तिर बुढि औला लुकाउने चलन छ रे |
साररिक डकैति : बलको आधारमा अरुलाई आफ्नो इच्छानुसार फोस्सामा काम लागाउने र फाईदा लुट्ने हरुलाइ जनाउछ

मानसिक-डकैतिले मानिसका शोच बिचार लाइ निस्क्रिय बनाइँ आफुले चाहे अनुसार गर्न लागाउछन् | आजभोलि यस्ता कुरा इन्टरनेट र फेसबुक मा देखिन्छन | पुरानो जमानाको कुरा गर्ने हो भने ( उदाहरण) बिधुवा लाइ बिहे गर्ने आस्वासन दिदै यौन तृप्ति लिने हरुलाई जनाउछ |

सबै भन्दा निस्क्रिय डकैति बौद्धिक डकैति हो | बौदिकताको आधारमा कालोलाई सेतो बनाउने हरुले परा पुर्ब काल देखि दास बनाउदै आएका छन् | यो low doses नसालु प्रदार्थ हो यसको सेवन गरि रहेको छु भन्ने रत्ति पनि ग्यान हुँदैन र अरुले औल्याउदा पनि मान्न तयार हुन्नन् किनकी यसको मानसिक प्रभाब अतिनै प्रबल र यस प्रभावको जरोको खोजि सम्भब छैन | दास क्यापिटल पढ्ने ले कम्युनिजम ल्याए र सुरुगर्ने स्टालिन को देश अहिले तानाशाहि बनेको छ | यो भन्दा ठुलो डकैती धार्मिक शोषण हो जो बौदिक डकैतीको फल हो | धार्मिक सोषण को सुरुवात गर्ने को हुन् त ? ज्ञानका भण्डार भएका हरु र मनोबिज्ञानमा राम्रो दखल भएका हरुले सृजना गरेका हुन् | पृथ्बी को सृजना भगवानले गरे अनि बेद पनि भगवान ले नै दिएका हुन् भने र हामि बिस्वास गर्दै आएका छौ | हामीले पढेका रामायण अनि महाभारत अनि उपनिषद र पुराणमा नया नया भगवानको सृजना गर्दै लगिएको छ र यीनका कथा जेरी जेलिए झैँ जेलिएको छ टाउको र पुच्छर छुट्याउन सकिदैन | बौदिकता को ज्वलंत उदाहरण यो जन्मको कर्मले अर्को जन्ममा राम्रो योनिमा जन्मिन लाइ धार्मिक हुनु पर्ने कुरा लेखेर / सुनेर हामीलाई मानसिक रुपमा पंगु बनाए | धर्म के हो को व्याख्या गर्न सक्ने हरुले जे व्याख्या गरे पनि हामीलाई सुनाउनेले पुजा आजा ब्राह्मण लाइ दान दक्षिणा नै धर्म गर्ने आधारहौ भन्ने कुरा हाम्रो दिमागमा भ्रुण अबस्था देखिनै कोरिदै आएको छ र हाम्रो जिन पनि तेहि अनुसार बदलिदै छ | तेसैले बौदिक डकैतीले उपौत्पादन गरेको डकैति मानसिक डकैति को संयोजन सबै भन्दा ठुलो निस्क्रिस्ट डकैति ठान्दछु |
यी मेरा व्यक्तिगत बिचार हुन् र असहमत हुनुहुनेहरुले गालि गलौज भाषा प्रयोग नगर्नु हुन् अनुरोध छ |
साझाका owner ले पनि Excessive Intolerance युक्त भाषा प्रयोग नगर्न लाइ "साझा नियमावली" मार्फत बेला बेलामा हामीलाई जानकारी दिदै आउनु भएको छ | पढ्न लामो लाग्ने र नपढ्नु भएकाले संक्षिप्तमा यहा उद्ग्रित गरेका दुई अंग्रेजी शब्दलाइ बुझनु भए पुग्ला |
अंग्रेजी का ति दुई शब्दलाई सरल नेपालि भासामा बुझाउनु पर्दा "आफुलाई मानसिक शान्ति पाउन अरुलाई मानसिक अशान्ति दिन हुदैन" |




 
Posted on 03-11-24 1:08 PM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंको बिचार तपाईं आफुलाई एकदम दिग्गज र सहि लाग्न सक्छ तर यसको विश्लेषण गर्न कतै जानु पर्दैन | यसको लागि तपाईं संसारको सबै भन्दा लोकप्रिय सामाजिक संजाल त्वितर, फेसबुक अथवा लिंकदइन जानुस | त्येहा धेरै भन्दा धेरै वेबसाइटको लिंक पोस्ट गर्दा फेस्बुक ले स्वचालित रुपमा लिंकमा भएको पेजको रुपान्तर गरि फेसबुक अथवा अरु सामाजिक संजालमा पोस्ट गर्छन | यस्तो automatic कापी पेस्ट हुदा कसैको टाउको दुखेन | अर्को कुरा धेरै भन्दा धेरै समाचारहरुका ८०% सामग्री कपि पेस्ट भएका नै हुन्छन | यसमा पनि तपाईंको टाउको दुखेको देखिएन | अब कुरा आयो येही साझामा भएको कपि पेस्ट | मैले धेरै अगाडी देखि साझामा नेपाल र नेपाली सम्बन्धि कुराहरु कपि पेस्ट गरेर share गर्ने गरेको छु | यसबाट अहिले सम्म एक पैसा फाइदा भएको छैन | सोच्न बाध्य हुन्छु | यस्तो डकैति पनि के डकैति जसबाट एक पैसा फाइदा हुन्न | तपाईं एस्लाई बौध्दिक डकैति भन्नुश तर एस्तो सामान्य कुरालाई डकैति सम्म भन्न सक्ने मान्छेको बौध्धिक अथवा मानसिक अवस्था कस्तो होला भन्ने चिन्ता पनि लागेको छ | संसारमा निर्दोष मान्छेहरु हाहाकारीमा ज्यान गुमाउदैछन् तर तपाईं यहाँ हुनुहुन्छ अरु सामाजिक संजाल अनि समाचार सौजन्यमा सामान्य मानिने कपि पेस्टलाई डकैति भन्दै गुहार्दै बस्नु हुन्छ |

लामो लामो लेख्ने समय छ भन्दैमा आफु सहि र अरु बेठिक हुदैन | यस्तो सामान्य non issue मा बहस गरेर समयको बर्बाद नगर्नुस भन्ने सल्लाह दिदै तपाईंको सुभ चिन्तक
 
Posted on 03-11-24 2:25 PM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KTMPOST ज्यु सबै साझा छिर्ने हरु अजेण्डा सहित छिरे पनि छन् भने म एजेन्डा बिहिन छिरे पनि साझाले एजेण्डा सहित तिर लग्दै छ | कपि पेस्ट को बिरोध थोर बहुत गरेको हु तर गरिएका टिका टिप्पणीले केहि फरक नपार्ने देखेर सधै तिनका पछि लागेर बसिदैन भन्दा फरक नपर्ला | सायद यो पहिलो वा दोश्रो पटक तपाइको धागोमा टिप्पणी गर्न पुगेको हु र कारण मैले लेखेको थिए र तपाइको जबाफ पढेर छोटो जबाफ "Thank you , Got it" पनि भनेकै थिए |
"अचम्मको डकैति" बारे कसैले कोर्नु भएको हुदा मैले पनि त्यसै बिषयलाई आफ्नो पाराले अघि सारेको हु | इन्टरनेटको बारेमा मानिसहरु जे जे पढ्छन तिनलाई सहि ठान्दै मानसिक तनाब बोक्ने र मानसिक रोग उब्जाउने हुनाले त्यसलाइ पनि डकैति बिसयमा जोडेको हु |
आफु सहि र अरुलाई गलत होइन आन्फा कुरा राखेको हु र राख्दै आएको छु |अरु जस्तो बिषय बाहिर गइ अपशब्द र छुद्र शब्दको प्रयोग गरि हालेको छुईन तर झीकि कटक गर्न भने पछि परेको छुइन |
ठिकै भन्नु भयो घर बाट काम गर्न सुरु गरे पछि अनि कामको बोझ नहुदा साझा खोलिन्छ तेसैले आज भोलि मेरा कमेन्ट देख्नु भएको हो |
तपाइँ अघि २ ४ जनाले दिएको सल्लाह मनन गर्दै आएको छु,सल्लाह को लागि मुरी मुरी धन्यबाद |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters