[Show all top banners]

samaeBajii

More by samaeBajii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजतन्त्रको उन्मूलन ः कहा“, कसरी -
[VIEWED 3035 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From Nepal:

िश्वमा राजतन्त्रको उन्मूलन तीव्र गतिमा भइरहेको छ । अहिले राजतन्त्रात्मक मुलुकहरूको सङ्ख्या २८ मात्र छ । नेपालले निकट भविष्यमै गणतान्त्रिक फड्को मार्न लागेकाले एउटा सङ्ख्या अझै झर्दैछ ।

खासगरी दोस्रो विश्वयुद्धपछि धेरै राजतन्त्रात्मक मुलुकहरू गणतन्त्रमा परण्िात भएका हुन् । पर्ूर्वी युरोपका बुल्गेरयिा, अल्बानिया, रोमानिया र युगोस्लाभिया राजाको हातबाट साम्यवादीहरूको कब्जामा गयो । बुल्गेरयिा युद्धको अन्त्यतिर रुसी सेनाको नियन्त्रणमा गयो । त्यसबेला सिमोन -द्वितीय) त्यहा“का राजा थिए । जार बोरसि -तृतीय)का छोरा सन् १९४३ अगस्त २८ मा गद्दीमा बसे । प्रिन्स किरलि तथा अन्य दरबारयिाहरू पक्राउ परसिक्दा पनि राजा सिमोन, रानी गियोभाना र बहिनी मारयिा लुइसा राजधानी सोफियानजिक भ्रानाको दरबारमा थिए । कम्युनिस्टहरूको सरकार गठन भइसकेको थियो । सोही सरकारले राजतन्त्रको भविष्यको फैसला गर्न १९४६ सेप्टेम्बर १५ मा जनमतसङ्ग्रह गरायो । ९७ प्रतिशतले राजतन्त्रको विपक्षमा मतदान गरे । चुनावको अन्तिम नतिजा घोषणा गरएिकै दिन सेप्टेम्बर १६ मा राजा परविारसहित इजिप्ट गए । यसरी त्यहा“ राजतन्त्रको उन्मूलन भयो ।

उता, अल्बानिया सन् १९४४ मा जर्मनीबाट मुक्त भयो । कम्युनिस्ट नेता अनवर होक्जाको नेतृत्वमा क्रान्तिकारी सरकार गठन भयो । १९४५ डिसेम्बर २ मा संविधान परष्िाद्का लागि निर्वाचन भयो । कम्युनिस्टहरूले अत्यधिक मात्रामा जिते । लगत्तै १९४६ जनवरीमा परष्िाद्को बैठकले १९३९ मा फालिएर १९४३ मा पुनः राजगद्दीमा बसेका जोगलाई मात्र अपदस्थ गरेन, राजतन्त्रकै उन्मूलन गरी गणतन्त्र स्थापना भएको घोषणा गरििदयो ।

त्यस्तै कम्युनिस्टहरू सत्तामा पुगिसकेको रोमानियामा पनि सन् १९४६ नोभेम्बरमा संसदीय चुनाव गराइयो । कम्युनिस्टहरूले जितेपछि राजा मिचेल -प्रथम)माथि अत्यधिक दबाब पर्‍यो । अन्ततः १९४७ डिसेम्बर ३० मा उनी पदत्याग गर्न बाध्य भए । त्यसैदिन बसेको संसद्को बैठकले मुलुक गणतन्त्रमा परण्िात भएको घोषणा गर्‍यो । अपदस्थ राजा विदेश पलायन भए । मार्सल ब्रोज टिटोको नेतृत्वमा क्रान्ति सफल भएको युगोस्लाभियामा पनि सन् १९४५ नोभेम्बर २५ मा राजतन्त्र उन्मूलन गरएिको थियो । त्यहा“का अन्तिम राजा पिटर -द्वितीय)लाई संविधानसभाबाटै हटाइएको थियो । गैरकम्युनिस्ट मुलुक ट्युनिसियाले पनि संविधानसभामार्फ नै राजतन्त्रको उन्मूलन गरेको हो । १० दिनअघि नजरबन्दमा परेका अन्तिम राजा मुहम्मद -आठौ“) अल अमिनलाई १९५७ जुलाई २५ मा पदमुक्त गरएिको थियो ।

समाजवादी मुलुकहरू भियतनाम, यमन, इथियोपिया र लाओसले चाहि“ राजतन्त्रलाई बल प्रयोग गरेर हटाएका हुन् । भियतनामी सम्राट बाओ डाइत सन् १९४५ मा, लाओसी राजा सामाङ्ग सिसाभाङ् भाठन्ना १९७५ डिसेम्बरमा, इथियोपियाली सम्रँट अम्हा सेलासी १९७५ मार्चमा र यमनी राजा मुहम्मद अल बदर १९६२ सेप्टेम्बरमा कम्युनिस्टहरूले नेतृत्व गरेको क्रान्तिकै दौरान फालिएका थिए । राजतन्त्र उन्मूलनपछि यी मुलुकहरूमा समाजवादी गणतान्त्रिक शासन लागू गरएिको थियो । लाओसी राजा सामाङ् त जेलसमेत परेका थिए । ग्रीस, इटाली र माल्दिभ्सको राजतन्त्रको ठेगान भने जनमतसङ्ग्रहमार्फ गरएिको थियो । १९७३ मा ग्रीसमा गरएिको जनमतसङ्ग्रहमा ५४ प्रतिशतले राजतन्त्रका विपक्षमा मतदान गरेका थिए । त्यहा“ कोन्स्टान्टिन -द्वितीय)को शासन थियो  ।

इटालीमा पनि सन् १९४६ जुनमा जनमतसङ्ग्रह र संविधान परष्िाद्को चुनाव एकैदिन गराइएको थियो । जनमतसङ्ग्रहमा १ करोड ७ लाख मतका विरुद्ध १ करोड १७ लाख जनताले राजतन्त्रको विपक्षमा मतदान गरेपछि राजतन्त्रलाई सदाका लागि बिदा गरएिको थियो । इटलीमा त्यसबेला प्रिन्स उम्बर्र्टोको शासन थियो । उनी ३३ दिनअघि मात्र गद्दीमा बसेका थिए ।

त्यस्तै दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि राजतन्त्रको भविष्य निर्धारण गर्न १९६८ मार्च १५ मा जनमतसङ्ग्रहको मद्दत लिइएको थियो । त्यहा“ सुल्तान मुहम्मद फरदि दिदीको शासन थियो  । यद्यपि, फरदि निर्वाचित सुल्तान थिए । तापनि चुनावको नतिजा राजतन्त्रका विपक्षमा गयो । माल्दिभ्स गणतन्त्र बन्यो । इजिप्ट, इरान, इराक र जान्जवारको राजतन्त्र क्रान्तिमार्फ अन्त्य गरएिको थियो । इजिप्टमा सन् १९५२ मा भएको राज्यक्रान्तिका दौरान सैनिक अधिकृत तथा क्रान्तिका नेता मुहम्मद नगीबको निर्देशनमा सेनाले राजदरबारमाथि धावा बोलेपछि राजा फारुख -प्रथम) गद्दी त्याग्न विवश भएका थिए । यद्यपि, औपचारकि रूपमा १ सय ५० वर्षलामो मुहम्मद अली राजवंशको पतन भएको र गणतन्त्र स्थापना भएको घोषणा क्रान्तिकारी सरकारले १९५३ जुन १८ मा मात्र गरेको थियो ।

इरानमा भने १९७९ को इस्लामिक क्रान्ति सफलतातर्फअग्रसर भएपछि साह रेजा पहल्वी र उनका परविार फेब्रुअरी ११ को राती नै देश छाडेर भागेका थिए । त्यस्तै सयिद सर जाम्सिद विन अब्दुल्लाह अल सइद पनि अप्रिmकी मुलुक जान्जवारका अन्तिम सुल्तान बन्न पुगेका थिए । १९६३ मा बेलायतबाट स्वतन्त्र भएपछि संवैधानिक राजा बनेका उनी १९६४ जनवरीमा भएको क्रान्तिबाट फालिएका थिए र बेलायत भागेका थिए ।

इराकमा पनि सन् १९५८ मा भएको क्रान्तिमार्फ राजा फैजल -द्वितीय) मात्र होइन, राजतन्त्रकै उन्मूलन गरएिको थियो । अफगानिस्तान, रुवान्डा, बुरुन्डी, युगान्डा, लिबिया र मध्य अप्रिmकी गणतन्त्रका अन्तिम राजाहरू र राजतन्त्र भने सैनिक 'कू'बाट उन्मूलन गरएिको थियो । अफगानिस्तानका राजा जाहिर शाह स्वास्थ्योपचार्रार्थ इटली गइराखेको र रुवान्डाका राजा किगेली भी न्डाहिन्डुवी तत्कालीन राष्ट्रसङ्घीय महासचिव ड्याग ह्यामरशोल्डलाई भेट्न कङ्गोको राजधानी किन्सासा गइराखेको समय पारेर सैनिक नेताहरू क्रमशः जनरल दाउद र डोमिनिक म्बोन्युमुत्वाले उनीहरूविरुद्ध 'कू' गरेका हुन् । क्रमशः १९७३ र १९६१ मा भएको सैनिक व्रि्रोहपछि ती दुवै देशमा राष्ट्रपतीय शासन लागू गरएिको थियो ।

जाहिर शाह इटलीमा २१ वर्षनिर्वासित जीवन बिताएर सन् २००२ मा मात्र स्वदेश र्फकन सके । उता, किगेलीले भने फेर िआफ्नो भूमि टेक्न पाएका छैनन् । उनी तान्जानिया, केन्या, युगान्डा हु“दै अमेरकिा भासिए । यतिखेर उनी अमेरकिामै छन् । बुगान्डाका राजा एर्डवर्ड मुतेसा -द्वितीय) १९६६ मा युगान्डाका मिल्टन ओबोटेबाट अपदस्थ भए । राजा अपदस्थ भएको तीन महिनापछि बुगान्डाको संसद्  ले युगान्डामा मिसिएको घोषणा गर्‍यो । तर, यी दुवै घटनालाई मान्न मुतेसाले अस्वीकार गरेका कारण युगान्डाको सेनाले मुतेसा बस्ने गरेको राजदरबारमाथि आक्रमण गर्‍यो । मुतेसा भागेर बेलायत पुगेपछि युगान्डा गणतन्त्रमा परिणत भयो ।

लिबियामा पनि सन् १९६९ मा सैयद मुहम्मद इद्रिस विन सैयद मुहम्मद अल माहदी अल सेनुसीको शासन थियो । उनी ग्रीसको भ्रमणमा गइराखेको मौका छोपेर कर्र्णोल मौमर अल कदाफीले व्रि्रँेह गरे । र, राजतन्त्रको उन्मूलन गरििदए । दोस्रो विश्वयुद्धपछि राजतन्त्रको अन्त्य भएको मुलुकमा हामीस“ग सिमा जोडिएको सिक्किम पनि पर्छ । सन् १९७५ मा सिक्किमका चोग्याल -राजा) पाल्देन थोल्डुप नामग्यालको शासन मात्र सिद्धिएन, त्यो सानो देशलाई भारतमै विलिन गरयिो । अहिलेसम्म राजतन्त्र टिकेका मुलुकहरूमा पनि पटकपटक स्वेच्छा वा जबरजस्ती राजारानीहरू पदबाट अपदस्थ गरएिका छन् । उदाहरणका निम्ति बेल्जियम, ब्रुनाई, कम्ब्ँोडिया, जोर्डन, लेसोथो, लक्जेर्म्बर्ग, मोरोक्को, नेदरल्यान्ड, कतार, सउदी अरब, स्पेन, डेनमार्क आदिलाई लिन सकिन्छ  । राजतन्त्रको उन्मूलनपछि पदच्यूत राजाले राजनीति गरेर सरकार चलाएको उदाहरण भने बुल्गेरयिा मात्र हो । उनी ५५ वर्षछि त्यहा“को निर्वाचित प्रधानमन्त्री बनेका थिए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters